सौराहा रेवानलाई क्षेत्रीय मान्यता प्राप्त

 
चितवन, ०६ पुस । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको रेष्टुरेन्ट व्यवसायीहरुको साझा मसामाजिक संस्था रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल(रेवान) ले चितवन रेवानलाई क्षेत्रिय मान्यता प्रदान पाएको छ ।

रेवानको विधान अनुसार केन्द्रिय समितिले रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) चितवनलाई क्षेत्रीय मान्यता प्रदान गरेको जिल्ला अध्यक्ष लालबहादुर भट्ट, राजनले जानकारी दिए । यसअघि पोखरामा मात्रै क्षेत्रिय रेवान बनेको थियो ।
केन्द्रिय रेवानको साधारणसभाको अवसरमा सो मान्यता प्रदान गरिएको थियो । 15591368_1741233019537308_7332368232205416686_o
मुख्यतया विधानमा ५१ वटा रेष्टुरेन्टहरु आबद्ध भएपछि क्षेत्रीय मान्यता प्राप्त गर्दछ । चितवनमा ५२ वटा रेष्टुरेन्टहरु रेवानमा आवद्ध भएको भट्टले जानकारी दिनुभयो । सबै रेष्टुरेन्टहरु सौराहामा छन् ।

अझै १५ भन्दा बढी रेष्टुरेन्टहरु संस्थामा आवद्ध नभएकाले उनीहरुलाई पनि सहभागि गराउने प्रयास जारी रहेको उहाँको भनाई छ । क्षेत्रीय मान्यता पाएपछि पर्यटकिय गतिविधि बढाउन सहयोग पुग्ने रेवान सौराहाले जनाएको छ ।

क्षेत्रीय रेवान भएपछि चितवन जिल्ला आपपासका अन्य जिल्लाका गतिविधि तथा निर्वाचनमा क्षेत्रीय रेवानको भूमिका महत्वपूर्ण हुन्छ । चितवनको सौराहामा क्षेत्रीय होटल संघ र रेवान सौराहा गरी पर्यटन क्षेत्रमा स्थापित संस्था छन् ।

क्षेत्रीय होटल संघले हात्ती महोत्सव लगायतका कार्यक्रम गर्दै आएको छ भने रेवान सौराहाले फुड फेष्टिवल आयोजना गर्दै आएको छ ।

आगामी माघ अन्तिम साता आयोजन हुने फुड फेष्टिवलमा यसपटक नेपाल पर्यटन बोडले समेत सहकार्य गर्ने भएको रेवान सौराहाले जनाएको छ । सौराहामा एक सय बढी सुविधायुक्त होटलहरु छन् भने । झण्डै ७० वटा रेष्टुरेन्टहरु छन् ।