आदीवासी जनजातिको नवौं राष्ट्रिय महाधिवेशनमा अन्त्त एमालेलाई हराउदै गठबन्धनका बराम विजयी (पुरा नामावलीसहित)

राजेन्द्र आचार्य
चितवन, ०६ पुस । नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनमा जगत बराम विजयी भएका छन् ।
नयाँ नेतृत्वका लागि काँग्रेस र माओवादी केन्द्र लगायत दलकोे प्यानलबाट जगत बरामले एमालेका तर्फबाट सुर्य भुजेलले ८ मतले पछि पार्दै विजयी भएको नेपाल आदीवासी जनजाति जिल्ला समन्व परिषद् चितवनका अध्यक्ष पदम गुरुङ्गले जानकारी दिए । 15585069_10209545599950156_7820974753602874855_o
५६ मतदाता रहेको महाधिवेशनमा चुनाव बरामले ३१ र भुजेलले २३ मत पाएको बताए । भने १ मत बदर र एकजनाले चुनावमा भोट हाल्न नपाएको निर्वाचन समितिले जनाएको छ । _mg_8641
यस्तै महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी भएका छन् । महासचिवमा विजयी ताजपुरियाले ३५ र उनका प्रतिद्धन्द्धीले टासी ह्वाल्मुले १५ मत पाएको थिए । यसैगरि कोषाध्यक्षका मुकुन्द पहारीले ३६ र उनका प्रतिद्धन्द्धी प्रेमीलाल चौधरी १५ मत प्राप्त गरेका थिए । यस्तै ८ उपाध्यक्षहरुमा गणेश थकाली र महिला उपाध्यक्षमा दुवै प्यानलमा आएकी कुष्णकुमारी थकाली र सचिवमा श्रृति कुमाल विजयी भएको भुलेज समाजका केन्द्रिय सचिव प्रकाश भुजेलले जानकारी दिए ।15591179_10209545599870154_5743234003858354709_o 15626203_10209545599910155_1119855474127292330_o
एमाले विरुद्ध नेपाली काँग्रेस,माओवादी केन्द्र, संघिय समाजबादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन रहेको छ । यसअघि संघिय समाजवादीकातर्फबाट उमेद्वार दिने चर्चामा रहेका नित्यनन्द ताजपुरियाले भने बरामको प्यानलबाट महासचिवमा उमेद्वारी दिएका थिए । यसअघि नवौं राष्ट्रिय महाधिवेशनले प्रदेश अनुसारको विधान संसोधन गरेको छ ।
यसअघि १३ सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासंघका अध्यष नगेन्द्र कुमालले बताए ।
संसोधित विधान अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित ८ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उनले जानकारी दिए ।
संसोधित विधान अनुसार समावेशीतर्फ एक उपाध्यक्ष र एक सचिव महिलाबाटै प्रतिष्पर्धा हुने तथा पाँच जना सचिव महिला अनिवार्य गरिएको छ । यस्तै चितवन घोषणपत्र भने आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

एमालेका तर्फबाट उठेका पदाधिकारी तथा सचिवालयका सदस्यहरुको लज्जाष्पद पराजय

चितवनमा सम्पन्न जनजाति महासंघको ९ औं महाधिवेशनमा नेकपा एमालेका तर्फबाट उठेका पदाधिकारी तथा सचिवालयका सदस्यहरुको लज्जाष्पद पराजय भएको छ ।
पदाधिकारी र सचिवालयसहति २१ पदमा भएको निर्बाचनमा एउटै सिटमा समेत एमालेको जित हुन सकेन भने पहिचान पक्षधर गठबन्धनबाट अध्यक्ष सहित नेपाली कांग्रेसका तर्फबाट ६, उपाध्यक्ष सहित माओवादी केन्द्रका तर्फबाट ७, महासचिव सहित संघिय समाजवादीका तर्फबाट ६, राप्रपा र नयाँ शक्तिबाट १/१ विजयी भएका छन् ।
सहमतिमा नेतृत्व चयनका लागी गरिएको प्रयासलाई एमालेले नजिकका उम्मेदवारहरुले नमानेपछि भएको निर्बाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, संघिय समाजवादी लगायतका शक्तिहरुको पहिचान पक्षधर गठबन्धन बनेको थियो ।