चितवनमा २० महिना पछि पुनःनिमार्णको काम सुरु गरिदैँ

चितवन, पुस ५ । चितवनमा महाभुकम्पको २० महिना पछि पुनःनिमार्णको काम सुरु हुने भएको

पुसको अन्तिम साता भित्र चितवनमा राष्ट्रिय पुन निमार्ण प्राधिकरणले पुनःनिमार्णको काम सुरु गर्ने भएको हो। । देशका भुकम्प प्रश्चात गठन भएको प्राधिकरणले तिन चरण बाट देशब्यापी पुर्न्निमार्णको अभियान सुरु गर्न लागेको जनाएको छ ।

पहिलो चरणमा बढि प्रभाबित जिल्ला, दोस्रो चरणमा राजधानी उपत्यका र तेस्रो चरणमा चितवन लगायतका कम प्रभावित १७ जिल्लामा काम सुरु गर्ने अभियान अन्त्रगत पुसको अन्तिम साता बाट चितवनमा काम सुरु गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञावलीले जानकारी दिए ।

जिल्ला विकास समिति चितवननमा राष्ट्रिय पुर्न्निमार्ण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसँग पुर्न निमार्णका बिषयमा आयोजित छलफलमा बोल्दै उनले चितवनमा काम सुरु गर्न प्राबिधिक रुपमा प्राधिकरण तयार रहेको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा क्षती भएका घर तथा सामाजिक भवनको बिस्तृत तथ्याकं संकलन र स्थलगत निरिक्षण गरी प्राबिधिक रिपोट तयार पारेर आर्थीक अनुदानको कामलाई अगाढी बढाईने छ ।
यस अघि स्थानिय निकायले तयार पारेको रिपोर्ट र त्यसमा कोही छुट भए तिनिहरुलाई पनि समाबेश गराएर भुकम्प पिडितका लागी अनुदान दिने उहाले जानकारी दिए । भुकम्प पिडितले स्थानिय निकायमा अनुदान सम्झौता गरि बैंकमा खाता खोलेर सिधै बैंक मार्फत पैसा निकाल्न मिल्ने र त्यो रकम तिन किस्तामा प्रदान गरिने उनले बताए ।
भवन निमार्ण गर्दा प्राबिधिकको निगरानीमा पुर्णतया भुकम्प प्रतिरोधी भवन बनाउनु पर्ने उनको भनाई छ । त्यस्तै कसैले भुकम्प प्रतिरोधी भवन निमार्ण गरिसकेको भएपनी त्यसलाई प्राधिकरणले आफनो प्राबिधिक लगाएर उचित भए एकै पटक पनि सो रकम उपलब्ध हुने उनले बताए ।