मोटरसाइकल चालकको मृत्यु

पुस ५ गते । रत्ननगर ३ बेल्सिमा मंगलबार बेलुका भएको सवारी दुर्घटनामा १ युवकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय टाडिका अनुसार मृत्यु हुनेमा चितवन खैरहनिका २४ बर्सिय सङगम सापकोटा रहेका छन् ।road-accident

पुर्बबाट जाँदै गरेको ना ४ ख ९१२३ नम्बरको ट्रकमा सोही दिसा तर्फ जाँदै गरेको ना ४२ प ४८५१ नम्बरको मोटरसाइकल ठोकिदा मोटरसाइकल चालक सापकोटाको मृत्यु भएको हो ।

घटना पछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टाडिका प्रहरी प्रमुख। नारायण रन्जितकारले जानकारी दिए । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।