ताराले आमरण अनसन आज तोडिन्

चितवन, ०५ पुस । पाँच बिकासक्षेत्र लाई पाँच प्रदेश बनाईनुपर्ने लगायतका १३ बुँदै माग राख्दै बिगत ५ दिनदेखि अनसनरत तारा वरालको आमरण अनसन आज तोडिएको छ । साँसद गिता वाग्लेले जुस खुवाएर वरालको अनसन तोडाउनु भएको हो । बरालले राखेका मागहरु ब्यवस्थापिका संसद बैठकमा उठाउने प्रतिवद्धता संसदहरुले जनाएपछि वरालले अनसन तोड्न मान्नुभएको हो । पुस १ गते देखि जिल्ला बिकास समिति चितवनको परिसरमा आमरण अनसनमा वस्नु भएकी बरालको सस्थ्य अस्था बिग्रँदै गएपछि सांसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी,सन्त कुमार दराई लगायतको उपस्थितिमा अनसन तोडिएको हो । Tara anson
आफ्नो माग संम्वोधन हुने विश्वास सांसदहरुले दिलाय पछि अनसन तोडेको सो अवसरमा वरालले वताउनु भयो । राजनैतिक दलहरु सत्ता र व्याक्तिगत स्वार्थमा लागेका कारण देशले निकास पाउन नसकेको ले यसलाई वन्द गरिनु पर्ने , खेति योग्य जमिनलाई प्लट्रिङ् गर्न रोकिनु पर्ने , लगाएतका मागहरु सहित वराल अन्सनरत हुनुहुन्थ्यो ।