धार्मिक स्थल देवघाटमा पहिलो पटक ज्योति बैकको एटिम सेवा सुरु (तस्वीर र भिडियोसहित)

चितवन, ०५ पुस । पवित्र धार्मिक तिर्थस्थल तनहुँ र चितवनको सिमानामा पर्ने देवघाटमा पहिलो पटक एटिम सेवा सुरु भएको छ ।
जेष्ठ नागरिकहरुलाई सहज रुपमा बैकिङ्ग कारोबार सेवा दिने उद्देश्य ज्योति विकास बैक भरतपुर शाखाले देवघाटमा रहेको एक्टेसन काउन्टर मार्फत पहिलो पटक एटिम सेवा सुरु गरेको हो । opening-jyoti-bank-chitwan-2
५ बर्ष अगाडी पहिलो पटक देवघाटमा बैकिङ्ग कारोबार सुरु गरेको बैकले सामाजिक उत्तर दायित्वसगैँ जेष्ठ नागरिकहरु र धार्मिक पर्यटकहरुको सहजताका लागि पहिलो पटक एटिम सेवा सुरु गरेको जयोति विकास बैक भरतपुर शाखाका प्रमुख तपेन्द्र विष्टले बताए । opening-jyoti-bank-chitwan-2
एटिम सेवाको एक समारोहका विच बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुवँर, महेश सस्कृति गुरुकुलका प्रचार्य डा.गुरुप्रसाद सुवेदी र देवघाट गाविसका सचिव बुद्धिप्रसाद भुषालले संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरेका थिए ।

सो अवसरमा बोल्दै बैकका प्रमुख कार्यकारी अधिकृत कुवँरले सामाजिक सेवासगैँ बैकले ग्रामिणस्तर निम्न वर्गका जनताको सहजताका लागि बैकिङ्ग सेवा पहुचमा पु¥याउन आफुहरु तल्लिन रहेको बताए । साथै धार्मिक क्षेत्र र जेष्ठ नागरिकहरुलाई समेत सहज रुपमा बैकमा बचत गरि पैसा झिक्न सहज होस् भनि देवघाटमा पहिलो पटक एटिम सेवा सुरु गरेको प्रष्ट पारे । यस्तै बैकले छिटै अर्को धार्मिक पर्यटकीय स्थल प्युठानको स्वर्गद्धारीमा समेत एक्टेसन काउन्टरसहितको एटिम सेवा सुरु गर्ने उनले जानकारी गराए । opening-jyoti-bank-chitwan-3
१ अर्ब चुक्ता पुजी नाघि सकेको बैकले छिटै ६ वटा शाखा विस्तार गर्ने समेत बैकका प्रमुख कुवँरले बताए । बैकले हाल देशभरका विभिन्न २९ वटा शाखा मार्फत आफ्नो सेवा दिदै आएको छ । बैकले ८ देखि १५ प्रतिशत सम्म व्याजदरमा लगानी गर्दै आएको छ । भने बैकले ८ प्रतिशत ब्याज दिने गरेको बैकका डिजिएम हेमराज रानाभाटले बताए । (तस्वीर समेत संलग्न रहेको छ )