चितवन हात्ती महोत्सबको तयारी तिब्र, हात्ती पोलो र हात्ती श्रृगार प्रतियोगिता थप (भिडियोसहित)

राजेन्द्र आचार्य / शिव आचार्य
चितवन, ०२ पुस । पर्यटकीय नगरी सौराहामा हरेक बर्ष जस्तै यस बर्ष हुने चितवन हात्ती महोत्सव २०७३ को तयारी तिव्र पारिएको छ । १३ औ संस्करणको महोत्सव आगामी पुस ११ गतेदेखि १५ गतेसम्म चल्ने शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक संस्था क्षेत्रिय होटल संघ सौराहाले जनाएको छ । विगतमा हामीले ३ मात्रै महोत्स गर्दै आएको थियौ– क्षेत्रिय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष एवं महोत्सवका संयोजक दिपक भट्टराईले भने । पर्यटकहरुलाई थप आर्कषित गर्न चितवनबाट हराएको हात्ती पोलो थप गरेका छौं । 15590087_1646717708687917_5295307193102189953_n
वन्यजन्तु मैत्री बनाउन हात्ती दौडलाई हटाएर हात्ती फाष्टवाक प्रतियोगिता समेत गरिने उनले बताए ।
यति वेला प्रतियोगीताका लागि आवश्यक पर्ने खेल मैदान व्यवस्थापन देखि स्वागत गेट निर्माण लगायतका सम्पूर्ण तयारी तिव्र पारिएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । हात्ती महोत्सवका कारण चितवनको सौराहा नगरी दुलही झैं सिंगारिदै र सौराहाका मुख्य बजार, होटल, पार्क, रिर्सोटहरु सजाउने काम भईरहेको उनले बताए ।
हात्ती पोलो चितवनबाट नै सुरु भएकोले यस पटकको महोत्सवमा हात्ती पोलो विशेष आर्कषण बन्ने हात्ती पालो खेल व्यवस्थापन समिति स.योजक शंकर शैजुले बताए । पर्यटक आउदा चितवनमा हात्ती पोलो किन नहुने भनेर धेरै प्रश्न गरे –उनले भने । हामीले पनि धेरै महसुश गरेपछि यहाँका सबै व्यवसायीहरुको पहलमा यो खेल हुन लागेको हो ।


यसैगरि दुई बर्ष अघिदेखि थप गरिएको हात्ती वनभोज कार्यक्रममा १ सय बढी हात्ती सहभागी हुने र उनीहरुलाई रुचि अनुसारको सक्कर, धान, केरा, काउली, बन्दा, उखु स्याउ, सुन्तला लगायतका अन्य परिकारहरु खवाईने तयारी भएको हात्ती वनभोज कार्यक्रमका संयोजक योगेन्द्रनाथ अधिकारीले जानकारी गराए ।
महोत्सव क्षेत्रीय होटल संघ सौराहाको मुख्य आयोजना तथा चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन, रत्ननगर नगरपालिका, मृगकुञ्ज उपभोक्ता समिति,युनाईटेड हात्ती सञ्चालन सहकारी, सौराहा बचत र सौराहा पर्यटन व्यवसायी समुह तथा रेवान सौराहाको सह आयोजनामा कार्यक्रम हुन लागिएको हो ।
महोत्सवले हात्ती र मानव विचको सम्वन्ध प्रकाग गराउन सहयोग गर्ने र यसबाट पर्यटक प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने संघका अध्यक्ष सुमन घिमिरेको विश्वास छ ।
बाघमारा मध्यवर्ती सामुदायिक वनको खुल्ला चौरमा हात्तीका गतिवधि सहित उक्त महोत्सवमा यसबर्ष हात्ती फाष्टवाक प्रतियोगिता, हात्ती पोलो प्रतियोगिता, हात्तीका छावाहरु वीच रोमाञ्चक फुटवल, हात्ती श्रृंगार प्रतियोगिता, टाँगा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, साँस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता रहेका छन् ।


सो हात्ती महोत्सवकै निकै आर्कषणको रुपमा रहेको हात्तीका छावाका विचको रोमाञ्चकारी फुटबल प्रतियोगितामा ४ टिम र हात्ती सुन्दरी प्रतियोगिताका लागी ५ वटा हात्ती सहभागी हुने नतिजा प्रकाशन एवं हात्ती सुन्दरी प्रतियोगिताका ऋषि तिवारीले जानकारी दिए ।
महोत्सवमा ५० वटा व्यावसायिक र संरणमूलक स्टल राखिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि ७० लाख खर्च लाग्ने अनुमान आयोजकले लिएको क्षेत्रिय होटल संघका कोषाध्यक्ष एवं आर्थिक समिति संयोजक शिरलाल परियारले जानकारी दिए । प्रतियोगिताको आन्तरिक र बाह्य गरी करिब दुई लाख बढि पर्यटकले अवलोकन गर्ने एवम् दुई करोड रुपैया भन्दा बढीको आथिर्क कारोबार हुने आयोजकको अपेक्षा छ । यो संगै चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो लागेको छ ।
यो बर्ष प्रतियोगिता अवधिमा विदा समेत परेकोले गत बर्ष भन्दा २० प्रतिशतले आन्तिरक पर्यटकहरुको वृद्धि हुने घिमिरेले बताए । यसबर्ष पर्यटन र संरक्षणमा योगदान दिएका पत्रकार तथा संरक्षणकर्मीहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको पत्रकार माझ जानकरी दिईएको थियो । यसपटक कलाकारहरुमा मनोज गजुरेल, मिलन लामा, बद्रि पंगेनी,शान्ती श्री परियार, लगायतका कलाकारहरुको प्रस्तुती रहने सस्कृतिक समितिका संयोजक दिपक अधिकारीले जानकारी दिए । १२ बर्षदेखि यहाँ हात्तीका गतिवधि समेटेर कार्यक्रम हुँदै आएको छ ।