प्रधानमन्त्री आज आदिवासी जनजातिको महाधिवेशन उद्घाटन गर्ने चितवन आउदै, तयारी पुरा

चितवन, २ पुष । नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदै छ । महासंघका अध्यक्ष नगेन्द्र कुमालका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल,प्रचण्डले उक्त महाधिवेशनको उद्घाटन गर्दै हुनुहुन्छ ।prachanda

नारायणी नदी किनार परिसरमा जम्मा भएर विभिन्न जातिय झाँकी सहितको ¥याली पुलचोक हुँदै शहिदचोक, लायन्सचोक भएर वीरेन्द्र क्याम्पस पुग्ने छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष पदम गुरुङका अनुसार ¥यालीका लागि चितवन सहित छिमेकी जिल्ला मकवानपुर र नवलपरासीबाट समेत आदिवासी जनजाति समुदायहरु आउनेछन् ।

उहाँका अनुसार यो पटक २२ वटा विदेश शाखा, ७१ वटा जिल्ला समन्वय परिषद र ६५ वटा महासंघमा आवद्ध जातिय संस्थाबाट ४ सय २२ जना प्रतिनिधि, पर्यवेक्षकहरु महाधिवेशनमा सहभागी हुँदैछन् ।
वीरेन्द्र वहुमुखी क्याम्पसको परिसरमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने नारायणगढकै नारायणी कला मन्दीरमा आयोजना गरिने महासंघका उपाध्यक्ष एवम प्रचार प्रशार समितिका संयोजक डन्डु शेर्पाले जानकारी दिनुभयो ।

यो पटकको महाधिवेशनले महासंघको विधान संशोधन सँगै तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
आजदेखि पौष ४ गतेसम्म चल्ने महाधिवेशनमा महासंघको विद्यान संशोधन सँगै महासंघको भावि योजना र जनजाति आन्दोलनका उपलव्धीको विषयमा समेत छलफल हुने छ । छलफलबाट निस्कीएको निश्कर्षपछि चितवन घोषणापत्र जारी गर्दै महाधिवेशन सकिनेछ ।