संरक्षणले फेरिएका धौवादीको पोखरी गाउँका मगर समुदाय (तस्वीरसहित)

राजेन्द्र आचार्य
नवलपरासी, ०१ पौष ।  नवलपरासीको उत्तरी पहाडी गाविस धौवादी– ३ पोखरी गाउँका स्थानिय मगर समुदायको सक्रियाताले गाउँ फेरिएको छ ।
गाउँमा सरसफाई त भएकै छ, उजाड हुन लागेको महाभारत श्रृखलाको पाहाड संरक्षणले गाउलेको पनि सो क्षेत्रले पुनर्जीवन पाएको छ । जसको कारण विस्तार केरुङ्ग जलाधार क्षेत्रको केहि परिर्वतनको संकेत पनि देखा परेको छ । स्थानिय मगर समुदायहरुमा दुर्लभ वन्यजन्तु घोरल जोगाउन तम्सिएपछि यो परिवर्तन आएको हो । पहिलो वन वन्यजन्तु मास्न र मार्न तम्सीने यहाँ स्थानियहरु हिजो आज चोरी शिकार नियन्त्रण दलनै गठन गरि संरक्षण सक्रिय भएको दलका संयोजक रणबहादुर रानागरले बताए ।
वन मासिँदा पानीको मुहान सुक्न र पहिरो जान थालेको थियो–स्थानिय लक्ष्मण सारुमगरले भने । खोरिया खेतीले ६ महिना जीवन धान्न मुस्किल थियो तर तर, अहिले स्थानीय बासिन्दा जागरुक भई अहिले धोर संरक्षण गरेकै कारण हामीहरुको जीवनस्तरमा विस्तारै परिर्वतनसगै आयआर्जन र जीविकोपार्जनमा समेत वृद्धि भएको छ ।
नवलपरासीको सुगम कावासोती नगरपालिका देखि २० किलोमिटर नजिकमा रहे पनि दक्षिण भेगमा १६ सय मिटर उचाईमा रहेको छ । pokari-gau
पर्यटकलाई वनमा घोरल देखाउन गाउँ सम्म पुग्न देखाउन आलमोटर बाटो पनि निर्माण गरिएको छ ।
यहाँ मगरहरु यसअघि जीविकोपार्जनका लागि समस्या भएकोले खोरिया खेती गर्दथे । ६ महिना मुश्किलले खान पुग्ने परिवारको संख्या समुदायमा बढेपछि जुनेलो र मकै खेती गर्नका लागि जंगल फाँडेर खोरिया बनाईएको थियो । जीविकोपार्जनका लागि खेती लगाउन वन विनाश गर्ने क्रम बढेपछि यहाँको हरियाली डाँडा उजाड बनेको थिए ।
संरक्षणको पाटोमा हामी अध्यारोमा थियौँ–स्थानिय ५० बर्षिय वीरबहादुर घर्तीले भने –‘सुरुमो ६ महिना खान पनि मुश्किल हुन्थ्या, ‘खोरिया खेती गर्दा जंगल विनाश भएको थियो । घोरल पनि हराउन थालेको थियो ।’ गाउँमा बाटो २०६४ सालमा बाटो खन्दै आएर तलका स्थानिय साथीहरुले घोरल संरक्षण बारेमा हामी सचेत गराउदै संरक्षणमा अग्रसर भएका थियौँ ।
मासु र मनोरञ्जनका लागि सामुहिक रुपमा घोरलको शिकार गर्ने परम्परागत प्रचलनले घोरलको संख्या कममा यहाँ भएको थियो ।
हिलाको अवस्था त अत्यन्तै र्दनाक हो–महाभार जौविक विविधाता संरक्षण सरोकार समाजका उपाध्यक्ष नुरचन्द्र पाण्डेले भने ।
सबै पदाधिकारी महिला भएको यो समूहले वन फँडानी भएको र नागी क्षेत्रमा चाँप, भालुचिण्डे, लोठसल्ला जस्ता दुर्लभ वनस्पति रोपेको छ । pokari-homestayवर्षौंदेखि हुन नसकेको वनको सिमाङ्कन र ‘इन्भेन्ट्री’ (स्रोत सर्वेक्षण) पनि गरेको छ । गाउँमा पर्यटक आउन थालेपछि आतिथ्य सत्कार (होम स्टे)का लागि पोखरीमा १० घरमा सुविधा सम्पन्न घर पनि निर्माण गरिएको छ । गाउँमा मगर सांस्कृतिक देखाउन टोली गठन भएको छ । यसबाट लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको छ । गाउँमा घोरल संरक्षणसगैँ विस्तार गाउँमा पर्यटकहरु आउने थालेपछि स्थानियहरुले होमस्टे बनाएका छन् । गाउँमा १० वटाबाट होमस्टे रहेको छ । मौरी पालन गरि मह समेत बेच्दै आएका छन् । गाउँ सूर्यदय निकै मनमोहक देखिन्छ । भने हिमहिशखर सहजै देख्न सकिन्छ ।
घोरल संरक्षणमा सक्रिय
महाभारत पर्वत श्रृङ्खला क्षेत्रमा घोरलको संख्या घट्दै जान थालेपछि यहाँका स्थायिन मगर समुदायका मानिसहरु यसको संरक्षणमा जुटेको बताउछन् । उनीहरु मासुका लागि घोरलको शिकार गरेका कारण उपयुक्त वासस्थानको अभाव र शिकारका कारण प्रशस्त मात्रामा पाईने घोरलको संख्या घटेको थियो । ४/५ वटामा पुगेको घोरल यति वेला संरक्षण भएपछि सो क्षेत्रमा अहिले ४९ वटा बढी घोरल भएको भएको अनुमान छ । pokari
संरक्षण कार्यमा नवलपरासी धौवादीको सहित देउराली, नरम, रुचाङ, होप्सेकोट र पाल्पाको धिरुवास गाउँ विकास समितिका बसोबास गर्ने मगर समुदाय सक्रिय बनेका छन् । संरक्षण सञ्चालन भएको ठाउँमा ९० प्रतिशत मगर समुदायको बसोबास रहको छ ।
दुई वर्षअघिसम्म खुला चरिचरन र आफूखुसी कटानी–फँडानी हुने महाभारतमा पर्ने वनमा अहिले स्याउला काट्न समेत वन समुहको अनुमति लिनुपर्ने स्थानिय नवजागरण प्राविका शिक्षक ओमबहादुर रानामगरले बताए । हिजोका दिनमा म आफै पनि घोरलको शिकार गर्न जान्थ्ये विगतलाई सम्झीदै रानागरले भने । संरक्षणले यति धेरै परिर्वतन हुदोछ, अहिले पछुतो लाग्छ । घोरल संरक्षणका लागि संरक्षणको क्षेत्रमा काम गर्ने केयर नेपाल, राष्टिय प्रकृति संरक्षण कोष र तराई भूपरिधी कार्यक्रम लगायतबाट आर्थिक र प्राविधिक सहयोग छ ।
खोरिया खेतीमा आधारित रहेर जीविकोपार्जन गर्ने समुदायका मानिसहरु अहिले घोरलसगैँ जौविक विविधताका लागि वन संरक्षण गर्छन् । खोरिया खेती गर्दा नाङ्गा बनेका डाँडामा उनीहरुले वृक्षारोपण गरेका छन् । समुदायमा आधारित जौविक विविधता संरक्षणमा सक्रिय छन् ।pokari-honey नवलपरासीको धौवादी, २१ वटा वडामा संरक्षण गतिविधि अघि बढिरहेको छ । चितवन र तनहुँको सिमानामा रहेको देवघाटदेखि पाल्पाको दोभानसम्म जैविक मार्ग बनाएर संरक्षण क्षेत्र बनाउने योजना समाजको रहेको छ । चिसो वातावरण तथा जैविक विविधता मार्गमा हुने विविधतालाई माध्यम बनाएर पर्यापर्यटनको विकास गर्न सकिने सम्भावना भएको संरक्षणकर्मी विज्ञहरु बताउँछन् ।
अम्रिसो खेतीबाट करोड, घाँसको झन्झट हट्यो
अम्रिसोको कुचो बनाएर राम्रो आम्दानी हुनेभएपछि यहाँका स्थानीय अम्रिसो खेतीतर्फ आकर्षित भएका छन् ।
२०५३ साल तिर मैरे दिदिले पहिलो पटक वनबाट अम्रिसो लिएर आएर सुरु गरेका थियौँ –लक्ष्मणसारुमगरले भने । नविस्तारै राम्रो भएपछि यहाँ अन्नवाली भन्दा धेरै आम्दानी भएको सबै गाउले यस तर्फ आर्कषित भए ।
‘थोरै लगानी र कम मेहेनतमै अम्रिसोबाट लाखौं रुपैयाँ कमाउने गरेको छु’ स्थानिय नरबहादुर ररानामगरले भने, ‘अम्रिसोको फूलबाट कुचो र बोटबाट गाईभैंसीका लागि घास हुने भएकाले आम्दानी राम्रो छ’ ।
खेरिया र पाका भिरमा लगाएको अम्रिसो खेतीबाट गत बर्ष मात्रै १ करोड २५ हजार कमाएको बताए । उनले १५ सय कुचो ५० देखि ५७ रुपैया सम्म बेचेकोे बताए । यो साल उनीसगैँ ३ हजार मुढा कुचो स्टक रहेको पनि देखाए ।
उनी मात्रै होईन् गाउँका अर्को किसान लिला रानामगरले पनि गत बर्ष मात्रे ७५ हजार आम्दान िगरेको बताए । यो उनीसगँ २ हजार कुचो बिक्रि गर्न स्टक राखेका छन् । pokari-amariso
गाउँमा आफै कुचोको लागि मुढा बनाएपछि व्यापारी गाउँमा नै आउने हुदाँ उनीहरुलाई व्यापारमा सहज पनि छ ।
यहाँ उत्पादित कुचो कावासोती बजार, बुटबल बजार, नारायणगढ बजार, काठमाडौं, लगायतका विभिन्न स्थानहरूमा जाने गर्दछ ।
अम्रिसोले राम्रो मूल्य पाएपछि यसतर्फ किसान आर्क्र्षित हुँदै गएका हुन् । भिरपाखामा समेत पाइने अम्रिसो भिरालो पाखाबारीमा भू–क्षय नियन्त्रणका लागि राम्रो मानिन्छ । बहुउपयोगी अम्रीसो स्थानीय कृषकका लागि घर खर्च टार्ने राम्रो आम्दानीको स्रोत बनेको छ ।
‘सबै क्षेत्रमा एउटै मूल्य नभई व्यापारीअनुसार फरक–फरक मूल्य भए पनि कुचोको बजार भएको उनले बताए ।
व्यापारीहरूले किसानको घरघर बाटनै कुचो संकलन गरेर लाने भएकाले बिक्री गर्न कुनै समस्या नरहेको विष्णु माया रानामगरले बताइर्एन् । घाँसमा समेत प्रयोग हुने कारण बजार मूल्यले अम्रिसो खेतीमा खासै प्रभाव नेपर्ने उनको तर्क छ । मकै, कोदो जस्ता खेती भन्दा यो खेती यहाँका किसानहरुको नगदेवाली बनेको छन् ।
गोरब ग्यासले महिलाको दिनचर्या नै फेरियो
संरक्षणमा अग्रसर भएपछि गाउँका सबै घरमा गोबर ग्यास उत्पादन हुन थालेपछि पोखरी गाउँका महिलाको दिनचर्या नै फेरिएको छ । खाना पकाउने दाउराका लागि हरेक दिन घण्टौँ हिँडेर जङ्गल जाने र दाउराको भारी बोकेर फर्कनुपर्ने दिनहुँको झञ्झटबाट उनीहरूले मुक्ति पाएका छन् । राष्ट्रिय प्रकृति संरक्षण, विश्व वन्यजन्तु कोष हरियो वन कार्यक्रम र पोखरी सामुदायिक वनको सहयोग र गाउँलेको श्रमदानबाट गाउँका सबै घरमा शौचालयजडित गोबर ग्यास प्लाण्ट निर्माण गरिएको हो
सबै घरमा प्लाण्ट निर्माण गरेर गाउँलाई ऊर्जा तथा वातावरणमा नमूना बनाउने अभियान उनीहरूले शुरू गरेको महाभार जौविक विविधाता संरक्षण सरोकार समाजका कोषाध्यक्ष मेकबहादुर प’लामी मगरले बताए । दाउराका लागि समस्या खेप्दै आएका पोखरी गाउँका बासिन्दाले गोबर ग्यास प्लान्ट निर्माणसँगै दाउराको खपत घटाएका हुन् । गोबर ग्यासबाट निस्कने ऊर्जालाई खाना पकाउने काममा प्रयोग गर्दै आएका छन् । गोबर ग्यास निर्माणपछि गाउँको वातावरणसमेत सफा भएको छ ।
‘गोबर ग्यास भएपछि दाउराका लागि रातदिन जङ्गल जानुपर्ने बाध्यतासँगै धूवाँको समस्याबाटसमेत हामीले राहत पाएका छौं्’, स्थानिय मिनाकुमारी सारुमगरले भनिन्– संरक्षणपछि फाईदै फाईदा भो । एउटा गोबर ग्यासबाट वार्षिक करीब ४ टन दाउरा बचत हुने विज्ञहरू बताउँछन् । गोबर ग्यासको प्रयोगपछि वनको संरक्षणमा सहयोग पुग्नुका साथै कार्बन उत्र्सजनमा कमी आएको छ ।