दुई नम्वर प्रदेश निर्माणमा गल्ती भएकै हो : एमाले महासचिव पोख्रेल

सुवास पण्डित
चितवन, २८, मंसिर । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले दुई नम्वर प्रदेश निर्माणमा एमालेले सहितका दलले गल्ती गरेको बताउनुभएको छ ।
एमाले चितवनले जिल्ला पार्टी कार्यालय भरतपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई आज सम्वोधन गर्दै महासचिव पोख्रेलले आगामी दिनमा पहाडमा पनि जिल्लाहरु राखेर मिलाइने बताउनुभयो ।ishwor-pokhrel

मधेशी मोर्चाको माग सम्वोधन गर्ने क्रममा २ नम्वर प्रदेशमा मधेशका मात्र जिल्ला राख्न आफुहरु पनि बाध्य भएको भन्दै पोख्रेलले भन्नुभयो, यो हामीबाट गल्ती भएकै हो यो रणनीतिक चाल अनुसारको माग रहेछ एमालेले बुझ्दै छ । महासचिव पोख्रेलले एमालेले संविधान संसोधन प्रस्ताव राष्ट्रघाती र दुरगामी असर गर्ने खालको भएकोले संविधान संसोधन प्रस्ताव संसदबाट फेल हुन जान्दा जान्दै र स्पष्ट गणित हुँदा समेत लैजान नदिएको बताए । महासचिव पोख्रेलले नेपालमा संविधान जारी गर्न नदिने भारत नै नेपालको सरकार र केही राजनीतिक दलहरुलाई हतियारका रुपमा प्रयोग गरी संविधान कार्यान्वयनमा भाँजो हाल्न खोजेको आरोप लगाए । फरक एक प्रसङमा महासचिव पोख्रेलले एमालेले पहिला संसदको चुनाव गर्नुपर्ने आवाज उठाउने बताए ।