सौराहामा चाप घटाउन पश्चिम चितवनमा हात्ती सफारी सुरु (तस्वीर र भिडियोकुराकानी)

राजेन्द्र आचार्य
चितवन, मंसिर २७ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बरन्डाभार उपभोक्ता समितिमा पहिलो पटक हात्ती सफारी सुरु भएको छ । पर्यटकीय सौराहामा हात्ती सफारीको चाप बढेको भन्दै समान रुपमा पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोष्टबाट हात्ती सफारी सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेलले बताए । 20161213_125536सौराहा पर्यटनको हब बन्दै गएको थियो उनले भने । चाप बढेपछि व्यवस्थापन कठिनाई भएपछि वन क्षेत्र भनेको अर्थिक समृद्धको क्षेत्रभएकोले हात्ती सफारी सफारी सुरु गरेको हो ।
पुर्वी चितवनमा केन्द्रीकृत रहेको पर्यटनलाई पश्चिम चितवनमा पनि सञ्चालन गर्नका लागी हात्ती सफारी पश्चिम चितवनमा पनि सफल सावित हुने निकुञ्जले जनाएको छ । 20161213_125100
हात्ती सफारीको एक समारोहका विच निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेलले नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल र उनको श्रीमती मधु भट्टराई जंगल सफारी गरेर सुरुवात गरिएको थियो । 20161213_125447
आफु निकै लामो समय देखि चितवनको पर्यटकीय क्षेत्र घुमे पनि पहिलो पटक पश्चिम चितवन आउदा रमाईलो लागेको हमाले बताए । उनले स्थानीय कला संस्कृती र पहिचनको महत्व झल्काउन सहयोग गर्ने विश्वास व्यक्त गरे । 20161213_125100
हात्ती सफारी कै सौराहा जानु पर्ने बधयताको अन्त्य गर्दै बरन्डाभार उपभोक्ता समिति अन्र्तगतका नवज्योति, बाटुली, दक्षिणकाली र वनदेवी मध्यवर्ती सामुदायिक वनलाई पनि हात्ती सफारीको अनुमति पाएसगै सफारी सुरु गरिएको समितिका अध्यक्ष देवराज सापकोटाले जानकारी दिए ।20161213_123659 पश्चिम चितवनमा पनि पर्यापर्यटन विकाशको प्रचुर सम्भावाना भएको क्षेत्र हो उनले भने । हात्ती सफारीका लागी पहलकदमी शुरु भएपछि यस क्षेत्रका न्युन आय भएका उपभोक्तालाई प्रत्यक्ष रुपमा लाभान्वीत गराई पश्चिम चितवनको पर्यापर्यटनलाई अझ मजवुत वनाउने छ। 20161213_124615
चितवन राष्ट्रिय निकुञ्जको गरीमालाई उचो राख्न र उपभोक्तहरुलाई परनिर्भरतावाट आत्म निर्भर वनाउन यस कार्यले महत्वपुर्ण भुमीका खेल्ने चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवदीले बताए । 20161213_124720
चितवनको टिकौली करिडोर क्षेत्रमा रहेको विश्व रामसार सूचीमा सूचीकृत विसहजारी ताल आसपास क्षेत्रमा हात्ती सफारीले पर्यटकहरुलाई थप आर्कषित गर्ने पश्चिम चितवनको देवनगरमा रहेको एक मात्र सुविधा सम्पन्न होटल लेक ट्वाइटी थाउजेन्ड रिसोर्टका सञ्चालक देवेन लोहनीले बताए । 20161213_123922
चितवन जिल्लाको सदरमुकाम भरतपुरवाट ७ कि.मी. दक्षीण तर्फ अवस्थीत यस वरण्डाभार उपभोक्ता समितिको कुल १४.६ कि.मी. लम्वाई रहेको छ । नेपालकै मध्य भाग तथा पुर्व पश्चिम राजमार्ग देखी दक्षिण तर्फ पटिहानी उपभोक्ता समितीको सिमाना संग जोडीएको र पुर्व तर्फ राप्ती र मृगकुञ्ज उपभोक्ता समितीको सिमाना संग जोडीएर यस समितिको क्षेत्र रहेको छ ।
यस क्षेत्र भित्र विश्व रामसार सुचीमा सुचीकृत विस हजार ताल आवस्थित छ भने पर्यापर्यटनको प्रचुर सम्भावाना वोकेका मनोरम स्थलहरु रातामाटे ताल, न्युरे ताल, कालीमाटी ताल, बेदघारी ताल , मयुर ताल, बाईस हजार ताल, किङफीसर ताल, अठ्ठाईस हजार ताल, दक्षीणकाली ताल, वाटुलीपोखरी ताल, खगेरी नहर, वेलशर डाँडा वाट राप्ती खोला र पार्कको दृश्यावलोकन गर्न सकिने छ । साथै यस स्थानमा सिमसार क्षेत्र वढी भएको हुदा निकुञ्ज क्षेत्र भित्र पाईने वनस्पती तथा वन्यजन्तुहरु पर्यटकले हात्तीमा चढेर बाघ, गैँडा, भालु, गौरीगाई, चित्तल मृग, जरायोलजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र गोही हेर्न सक्ने छन् ।
हात्ती सञ्चालको अनुमति पाएको चारवटा सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडाको राम्रो वासस्थान मानिन्छ । यहाँ हाल दैनिक दुई वटा हात्तीले बिहान बेलुका दुई समयमा हात्ती सयर गर्न पाउछन् ।
सौराहा क्षेत्रमा रहेको बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुँदै आएको छ ।