महायज्ञ आज सातौ दिन पनि जारी, ५५ लाख बढि संकलन

चितवन, २७ मंसिर । पुर्वि चितवनको रत्ननगर–१३ जयमंगलामा चलिरहेको श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आज सातौँ दिन पनि जारी छ ।
रत्ननगर–१३ जयमंगलास्थित श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमको आयोजनामा चलिरहेको महायज्ञमा भक्तालुको उल्लेख्य उपस्थिती छ । dawadi-ko

श्रीराम मन्दिर परिसरमा संस्कृत बिद्यापिठ बनाउने उद्देश्यले सञ्चालन गरिएको महायज्ञमा हिजो छैठौँ दिनसम्ममा ५५ लाख रुपैयाँ भन्दा बढि आर्थिक संकलन भएको छ ।

महायज्ञमा हिजो छैठौँ दिन रत्ननगर–१३ निवासी कृष्ण कुमारी बस्नेतले १ लाख ५५ हजार १ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

संस्कृत बिद्यापिठको निर्माणका लागी सो रकम दान गरेको उहाँको भनाई छ ।

यस्तै महायज्ञमा हिजो छैठौँ दिन रत्ननगर–१३ निवासी राजन भट्टले १ लाख ५५ हजार रुपैयाँ, सो ठाउँका कृष्ण प्रसाद अधिकारी कृष्ण बहादुर घिमिरेले समान १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।

यस्तै रत्ननगर १३ निवासी हेमलता खड्काले समान १ लाख १ हजार १ सय ११ रुपैयाँ, र रत्ननगर ११ निवासी कुल बहादुर खत्रिले १ लाख १ हजार १ रुपैयाँ सहयोग गर्नुभएको छ ।

यस्तै जारी महायज्ञमा रत्ननगर–१३ निवासी ठेकेदार प्रभु महतोले १ लाख १ हजार १ रुपैयाँ , सोहि ठाउँका कृष्णमोहन कायस्थले १ लाख १ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

यस्तै रत्ननगर–१३ निवासी अम्बिका प्रसाद अधिकारीले २५ हजार ५ सय २५ रुपैयाँ, सोहि ठाउँका शिबराज भट्टराईले २५ हजार १५ रुपैयाँ, त्यस्तै कालिका ७ निवासी रुद्र प्रसाद पाण्डेले २१ हजार १ सय ११ रुपैयाँ, रत्ननगर ९ निवासी पण्डित टोमनाथ गौतमले ११ हजार ६ सय ६५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
यस्तै जनचेतना टोल बिकास संस्था रत्ननगर ११ ले समेत महायज्ञमा १२ हजार १ सय रुपैयाँ, प्रदान गरेको छ ।

यस्तै रत्ननगर १३ निवासी केदारनाथ घिमिरेले ११ हजार १ सय ११ रुपैयाँ, सोहि ठाउँका ऋषिराम अधिकारीले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको छ ।

महायज्ञमा रत्ननगर १३ निवासी देबका न्यौपानेले १० हजार १ सय ४७ रुपैयाँ, कालिका–७ निवासी लक्ष्मी केसीले ७ हजार ९ हजार १ सय ९८ रुपैयाँ, सोहि ठाउँका नारायणी देबी केसीद्धारा ७ हजार ४ सय ४६ रुपैयाँ तुलादान गर्नुभएको छ ।

महायज्ञमा हिजो द आर्ट अफ लिभिङका प्रशिक्षक पवन नेपाल र महेस सन्यास गुरुकुल आश्रमका प्राचार्य डा. गुरु प्रसाद सुबेदीको बिशेष उपस्थिती रहेको थियो ।

बक्ताहरुले मानविय सहायता, परोपकार तथा वैदिक सनातन धर्मका बारेमा महायज्ञ परिसरमा उपस्थित भक्तालुहरु माझ प्रवचन दिएका थिए ।

हरेक दिन बिहान ११ बजेदेखि १२ सम्मको सुन्य समयमा आयोजकले बिभिन्न क्षेत्रका ब्यक्तित्वलाई आमन्त्रण गर्ने गरेको छ ।

यसैबिच आज सातौ दिन महायज्ञमा रत्ननगर–९ निवासी स्वामी महेन्द्र भट्टराई प्रमुख अतिथीका रुपमा आउनु हुने भएको छ ।

उहाँले अहिले बिहान ११ देखि १२ बजेसम्मको सुन्य समयमो भक्तालुमाझ प्रवचन दिने कार्यक्रम छ ।

वैदिक सनातन धर्मको संरक्षण, हालको गुरुकुलमलाई कक्षा १२ सम्म बिस्तार, गुरुकुलमका लागी छुट्टै आवास तथा छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहांसिक संरचनाको जिर्णोद्धारका लागी भन्दै महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीले पाठ–पारायण गराईरहनुभएको छ । महायज्ञ मंसिर २९ गतेसम्म चल्नेछ ।