संविधान संशोधन प्रक्रिया फिर्ता नलिने : माओवादी नेता सापकोटा (भिडियोसहित)

राजेन्द्र आचार्य /कोमल चन्द्र भगत 

चितवन, २५ मंसिर । नेकपा माओवादी केन्द्रका स्थायि कमिटि सदस्य अग्नीप्रसाद सापकोटाले  सरकारले कुनै पनि हालतमा संविधान संशोधन प्रक्रिया फिर्ता नलिने दावी गरेका छन् । 15337413_1390656937659585_3939291483295358754_n
यो संविधान संशोधन सरकार गठनका वेला भएको तीन बुदेँ सहमतिकै आधारमा आएको हो उनले भने–यो अनिवार्य र आवश्यकता भएका कारण सरकारले सविधान संशोधन प्रक्रिया अगाडी बढाएको हो, फिर्ता हुदैन् ।

 

नेपाल प्रेस सेन्टर चितवन शाखाद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले संविधान संशोधन पारित भए नि नभएपनि सरकारले चुनाव गराएरै छाड्ने बताए । 15109416_1390657034326242_6059476581844190968_n
उनले टोपबहादुर रायमाझीले संविधान सशोधन विरुद्ध गर्नु कारण उनी ५ नं. प्रदेशबाट प्रतिनिधित्व गर्ने कारण भएको र उनले भोटिङ्ग नगरे मात्रै पार्टी कावाही गर्ने बताए । उनले संविधान संशोधन नभएकै कारण राजिनामा नदिने समेत बताए ।
उनले अहिले चुनाव पहिलो आवश्यकता भएको भन्दै एमाले अवरोधका महाअभियोग समेत ओझलमा परेको बताए ।
संविधान संशोधन कतैबाट निर्देशित नभई संघियता जटिल र पेचिलो भएको भन्दै उनले सबै जातजाति सबै क्षेत्रको अधिकार सूनिश्चित गर्न पटक–पटक संशोधन गर्न सरकार तयार रहेको बताए ।

तस्वीर : कोमल चन्द्र भगत