भ्रष्टाचार हुने क्षेत्र पहिचान गरी अभियान थालौँ

गैँडाकोट २४ मंसिर । नवलपरासीको गैँडाकोट नगरपालीकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले भ्रष्टाचार रोक्न व्यक्ती व्यक्ती सुध्रीनुपर्ने बताउनुभएको छ । शुक्रबार बागेश्वरी असल शासन क्लव बास नवलपरासीको आयोजना तथा विजय एफ एम र विजय खबर पत्रिकाको समन्वयमा भएको भ्रष्टाचारविरुद्धको सचेतना ¥यालीमा प्रतीबद्धता व्यक्त गर्दै अधिकृत नेपालले गैँडाकोट नगरपालीकाभित्र बाटै भ्रष्टाचार गर्ने व्यक्ती संस्था र क्षेत्र पहिचान गरी अभियान थाल्न आग्रह गनुभयो ।15403238_1088057494627376_1959756841_n

कार्यक्रममा ५ बुँदे प्रतीबद्धता व्यक्त गर्दै ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरिक्षक सुवास हमालले भ्रष्टाचार जन्य गतीबिधीलाई पुर्णरुपमा अन्त्यका लागी आफु कटीबद्ध रहेको बताउनुभयो ।

भ्रष्टाचार विरुद्धको १४ औँ अन्तराष्ट्रिय दिवस र बासको १६ औँ बार्षीक उत्सवको अवसरमा गैँडाकोटको भृकुटीचोकदेखी गैँडाकोट नगरपालीका सम्म बृहत सचेतना ¥याली निकालीएको थियो । कार्यक्रममा सम्बोधन गर्दै बास नवलपरासीका अध्यक्ष यदुनाथ सिग्देलले सबैको साथका कारण अझै काम गर्ने उर्जा थपेको बताउनुभयो ।

¥यालीपछिको कोणसभामा शशस्त्र प्रहरी वेसक्याम्प भैसाखोरीका शशस्त्र प्रहरी नायव निरिक्षक सुमन अधिकारी, गैँडाकोट ईग्लीस बोर्डिङ स्कुलका प्राचार्य हिरालाल अर्याल, उद्योग वाणीज्य संघ गैँडाकोटका उपाध्यक्ष दिपक सापकोटा, गैँडाकोट स्वास्थ्य चौकीका ईन्चार्ज ईन्द्र शर्मा, साईनिङ माविका शिक्षक महद्धत्त ढुंगाना, विजय सामुदायीक शिक्षा सदनका शिक्षक अधिकारी, नारीकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष मानकुमारी घिमिरे, नयाँ कृषी अभियान सहकारी संस्था लिमिटेडका उपाध्यक्ष ढकबहादुर कार्की लगायतले प्रतीबद्धता व्यक्त गर्नुभएको थियो । ¥यालीमा विभिन्न विद्यालयका बिद्यार्थी प्राचार्य शिक्षक, संघसंस्थाका पदाधीकारी प्रतीनिधी सर्वसाधारण, उद्योगी व्यवसायी लगायतले ऐक्यबद्धतासहित सहभागीता जनाएका थिए । सचेतना ¥यालीपछि प्रतिबद्धता जनाएका कार्यालयहरुमा सोहीअनुसार काम हुने नहुने अनुगमन गर्ने कार्यक्रम संयोजक बास नवलपरासीकी उपाध्यक्ष लक्ष्मी पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सहज सामुदायीक अस्पताल गैँडाकोट, चितवन फ्लेक्स नयाँ कृषी सहकारी अभियानले सहयोग गरेका थिए ।