चितवनको सौराहामा फेरि हात्ती पोलो खेल हुदै (तस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, २४ मंसिर । पर्यटकीय नगरी रत्ननगर सौराहामा फेरि हात्ती पोलो प्रतियोगिता हुने भएको छ । १३ औ संस्करण चितवन हात्ती महोत्सव अन्र्तगत हात्ती पोलो खेल चितवनको सौराहामा हुन लागेको हो । अनर््राष्टिय हात्ती दौडलाई परिकृत गरि महोत्सव बनाएपछि हरेक बर्ष नयाँ–नयाँ कार्यक्रम थप गर्ने उद्देश्य अनुसार हात्ती पोल सौराहामा गर्न लागिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । उनका उनुसार ४, ४ बटा हात्तीहरु समुह रहेका छन् । भने ४ टिमले खेलमा सहभागी हुने छन् । elephant-polo-in-sauraha-2
टाइगर टप्स होटलको व्यक्तिगत आयोजनामा बर्सेनी यो खेल मेघौली हुदै बर्दिया र हाल नवलपरासीमा हुदै आएकोमा सौराहा आउने पर्यटकलाइ लक्षित गरि सौराहामा गर्न लागेको उनले बताए ।
संघ पूर्व अध्यक्ष एवम् सौराहाका पुराना व्यवसायी शंकर शैजुको पहलमा सौराहामा क्षेत्रिय होल संघले खेल गर्न लागेको समेत उनले जानकारी गराए । जसका लागि शैजुलाईलाई महोत्सव अन्र्तगत हुने हात्ती पोलो खेल व्यउवस्थापन उपसमितिको संयोजक समेत रहेका छन् । हात्ती पोलो चितवनबाट नै सुरु भएको–उनले भने । पर्यटक आउदा चितवनमा किन नहुने भनेर धेरै प्रश्न आउन थाले र हामीले पनि धेरै महसुश गरेपछि यहाँका सबै व्यवसायीहरुको पहलमा यो खेल हुन लागेको हो । elephant-polo-in-sauraha-1
ज्सका लागि दैनिकजसो यति बाघमारा मध्यवर्ती सामुदायिक वनको खाली चौर व्यवसायीहरुले प्रशिक्षण पनि गर्दै आएका छन् ।
निकै रमाईलो हुदै रहेछ–संघका उपाध्यक्ष अञ्जन पाण्डेले भने– पर्यटक यो महोत्सवमा हामीले नयाँ स्वाद पस्कीन सफल भएका छौँ । elephant-polo-in-sauraha-4
विगत ३३ बर्षदेखि चितवनको मेघौलीमा हुँदै आएको खेल चितवन राष्ट्रिय निकुञ्जबाट होटलबाहिर राख्ने सरकारी निर्णयसँगै २०६६ सालमा बर्दिया हुदै नवलपरासीमा सो खेल पुगेको थियो । विसं ०६७/६८ मा मेघौलीमा पुनः खेल सुरु भए पनि ०६९ देखि ०७१ सालसम्म बर्दिया भएको थियो । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । elephant-polo-in-sauraha-3बललाई हात्तीको सहयोगमा खेलाडीले पोस्टमा लगेर गोल गर्न खरिन्छ । यो हात्ति पोलो हात्तीमा चडेर खेलिने पोलो खेल हो । यो खेल नेपाल लगाएत भारत, थाइल्याण्ड र श्रीलंकामा पनि खेल्ने गरेको पाइन्छ तर हात्ती पोलोको विश्वकप प्रतियोगिता भने नेपालको चितवन जिल्लाको मेघौलीमा आयोजना गरिदै आएको थियो । सन् १९८१ मा परीक्षण खेलपछि १९८२ देखि नेपालमा टाइगर टप्स कर्णाली लज होटलका सञ्चालक जिम एडवर्डले विश्वमै पहिलो पटक नेपालमा यो खेलको शुरुवात गरेका थिए ।
हात्ती महोत्सवको तयारी सुरु
यसैविच १३ औ संस्कारणको चितवन हात्ती महोत्सवको तयारी समेत सुरु गरिएको छ । आगामी पोष ११ दखि सुरु हुने महोत्सव सम्पन्न गर्न आयोजक क्षेत्रिय होटल संघका प्रथम उपाध्यक्ष दिपक भट्टराई संयोजकत्वमा मुल समिति समेत गठन गरि विभिन्न १३ वटा बढी उपसमिति समेत गठन गरिएको छ । 15392824_1327018563997780_35106873925092634_oमहोत्सवमा हात्ती बनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगीता, हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगीता,हात्तीको श्रँृगार प्रतियोगीता,गाडा दौड प्रतियोगीता, टाँगा दौड प्रतियोगीता, डुँगा दौड प्रतियोगीताको आयोजना गरीएको कार्यक्रम संयोजक दिपक भटराईले बताए । elephant-polo-in-sauraha-4
महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी दिने र राष्ट्रिय तथा स्थानीय कलाकारद्धारा विविध सास्कृतिक कार्यक्रम समेत हुने उनले बताए । महोत्सवमा हुने बनभोज, फुटबल र ’हात्ती सुन्दरी’ प्रतियोगिताका लागि चितवन राष्ट्रिय निकुञ्जका ८० र होटल व्यवसायीहरुका ६० वटा हात्तीहरु त्यारी अवस्थामा पशिक्षण कार्य भईरहेको छ ।