भरतपुरमा सिटी बस सञ्चालन

चितवन, २१ म्ंसिर । ग्लोबल मेट्रो सिटी बस प्रालिले आइतबारदेखि चितवनमा सुविधा सम्पन्न सिटी बस संचालनमा ल्याएको छ । 15350599_1198659246888935_3562404828770192321_n
आइतबार केन्द्रीय बस टर्मिनल भरतपुरमा औपपचारिक कार्यक्रमको आयोजना गर्दै सिटी बस सञ्चालनमा ल्याइएको हो । city bus चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी रामराजा सुबेदीले सिटी बसको उद्घाटन गरेका हुन् । भरतपुर, नारायणगढ, गैंडाकोटमा रहेका उद्योगी व्यापारी तथा सामाजिक व्यक्तित्वहरुको अगुवाईबाट नगर बस सञ्चालनमा ल्याइएको हो । 15319030_1198659490222244_977783596466493024_n
उद्घाटन समारोहमा बोल्दै ग्लोबल मेट्रो सिटी बस प्रालिका अध्यक्ष बद्रि अधिकारीले सरकारको नीति नियम भित्र रहि व्यवस्थित ढंगले सार्वजनिक यातायात सेवा गर्दै सम्मानित पेशाको रुपमा यसलाई स्थापित गराउने बताए । अधिकारीले आठ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सुविधा सम्पन्न बस संचालनमा ल्याएको जानकारी दिए । उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
यस बसमा सीसी क्यामेराद्वारा निगरानी हुनेछ । त्यस्तै, बसमा सह चालकको रुपमा महिला कर्मचारीको व्यवस्था गरिएको छ । मासिक यात्रा परिचय पत्र प्रबन्ध गरिनुको साथै प्रत्येक सिटमा मोबाईल चार्ज सुविधा भएको प्रालिले जनाएको छ । city-bus-in-narayangarh-1
उक्त नगर बसमा अशक्त र जेष्ठ नागरिकलाई विशेष व्यवस्था गरिएको छ । महिलाहरुलाई पनि सम्मानका साथ सिटको व्यवस्था गरिएको छ । जताततै रोक्दै आएको बसहरुको विकृतिलाई हटाउँदै निश्चित रुटको निश्चित ठाउँमा रोकिने यस बसको अर्को विशेषता हो ।
साथै स्थानीय बसमा पहिलो पटक एलईडी टिभीको समेत व्यवस्था गरिएको छ । सिटी बस सञ्चालनका लागि तीन वटा रुटहरु छुट्याइएको छ । जहाँ २५ वटा बस सञ्चालन हुने छ । नौ सय रुपैयाँ तिरे पछि महिनाभर सिटी बसमा चढ्नको लागि अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।
मासिक शुल्कमा प्राप्त गरिने कार्ड देखाएर जुनसुकै र परिवारका जोसुकै पनि महिनाभर यात्रा गर्न पाउने अध्यक्ष अधिकारीले जानकारी दिए यो कार्ड महिना पुगेपछि कलर परिवर्तन गरिन्छ । यस्तै जुनसुकै ठाउँमा जान यस बसमा चढ्दा यात्रुहरुले १५ रुपैयाँ तिर्नुपर्ने छ ।