तीन बर्षमा ३३ जनाको उजुरी

करुणा देवकोटा
चितवन १८ मंसिर । महिला तथा बालबालिका कार्यालय चितवनको त्रिवर्षिय तथ्यांक अनुसार चितवनमा महिला बालबालिका विरुद्ध अपराध अन्तर्गत ३३ जनाको उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता भएको उजुरीको आधारमा कार्यालयले तथ्यांक उपलब्ध गराएको हो । कार्यालयकी प्रमुख महिला विकास अधिकृत शान्ता कुमारी पौडेलका अनुसार यस तथ्यांक आर्थिक वर्ष ०७०/०७१, ०७१/०७२ र आर्थिक वर्ष ०७२/०७३ को हो ।

त्रीवर्षिय तथ्यांकमा उल्लेख भए अनुसार जबरजस्ती करणीको उद्योग अन्तर्गत भने ७ जनाको उजुरी जिल्ला प्रहरी कार्यालय चितवनमा परेको छ भने १५ जनाको मानबेविखनको सम्बन्धी उजुरी परेको छ । यसैगरी, जातिय विभेद तथा छुवाछुतमा ३ जनाको, बहुविवाहमा २८ जनाको, घरेलु हिंसा अन्तर्गत ७ सय १८ जनाको उजुरी जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता भएको छ । प्रमुख महिला विकास अधिकृत पौडेलका अनुसार घरेलु हिंसालाई पनि ३ भागमा विभाजन गरेर हिंसाका घटनाहरु दर्ता हुने गरेको छ । जसमध्ये त्रीवर्षिय तथ्यांक अनुसार खाना लाउन नदिएको भन्दै २ सय ६ जनाको उजुरी परेको छ भने कुटपिट अन्तर्गत ३ सय २८ जना र गाली बेइज्जती अन्तर्गत १ सय ८४ जनाको उजुरी परेको छ ।

गत आर्थिक वर्ष ०७२/७३ को तथ्यांकलाई मात्रै हेर्ने हो भने जबरजस्ती करणीका कुनै पनि उजुरी दर्ता नभएको महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेलले जानकारी दिएकी छन् । पौडेलका अनुसार करणीको उद्योग अन्तर्गत पनि कुनै उजुरी दर्ता भएको छैन ।women

मानव बेचविखन तथा बहुविवाह गरेको उजुरी भने ६/६ वटा परेको पौडेलको भनाई छ । पौडेलका अनुसार गत आर्थिक वर्षमा जातिय विवाद तथा छुवाछुत अन्तर्गत एउटा मात्रै उजुरी गरेको थियो । घरेलु हिंसा अन्तर्गत भने खाना लाउन नदिएको सय वटा, कुटपिटको ४० वटा र गाली बेइज्जतीको ४४ वटा उजुरी दर्ता भएको पौडेलले बताएकी छन् ।

पौडेलका अनुसार महिला तथा बालबालिका कार्यालय चितवनले ग्रामिण स्तरमा रहेका महिलाहरुलाई सामुहिकिकरणको माध्यमबाट संगठित गर्दै, उनिहरुरुलाई व्यक्तित्व विकासका अवसरहरुमा समावेश गराउंदै आएको छ । पौडेलका अनुसार महिलाहरुको आर्थिक, सामाजिक सशक्तिकरणको प्रयासहरुमा विभिन्न क्ष्ँमता विकासका लागि तालिमहरु प्रदान गर्ने हिंसामा परेका महिलाहरुलाई महिला समूहको माध्यमबाट शशक्त बनाउने र आवाज सुनुवाई स्थानिय स्तरमा नै गर्ने कार्यक्रमहरु पनि महिला विकासका कार्यालयले सञ्चालन गर्दै आएको छ ।
महिला, बालबालिका, अपांग भएका व्यक्ति तथा जेयष्ट नागरिकहरुलाई सशक्तिकरण गर्दै हक अधिकार संरक्षणको काम गर्दै आएको छ । अनाथ तथा परिवारबाट बाहिरेका बालबालिकाहरुको क्ष्ँेत्रमा काम गर्दै आएको यस कार्यालयले मेलमिलाप सहित अदालती प्रक्रिया, प्रहरी प्रक्रिया आदिमा पनि टेवा पु¥याउंदै आएको पौडेलको भनाई छ ।