लायन्स क्लब अफ भरतपुर चौतारीको संयुक्त आयोजनामा अन्तरक्रियामा

चितवन, मंसिर १६ । लैगिंक समानताका लागि हरेक व्यक्तिमा महसुसीकरण आवश्यक भएको युवाहरुले  निष्कर्ष निकालेका छन् । लैगिंक हिसां विरुद्धको १६ दिने अभियानको अवसरमा परिचय संस्थाले जिल्लाका कलेजहरुमा राजनीति गर्ने नेतृत्वकर्तासंग गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले आफुहरुमा पनि यससम्बन्धी महसुसीकरण आवश्यक भएको औल्याए ।laingik_hinsa_nasahu

सामाजिक संरचनाका कारण अझै पनि घरमा छोराछोरीमा विभेद कायमै रहेको कार्यक्रममा बताइएको थियो । कार्यक्रमको सहजीकरण गर्दै संस्थाका अध्यक्ष बन्दना खाँडले पितृसतात्मक सोचका कारण सामाजिक संरचना फेरिन नसकेकाले अझै हेर्ने नजरीया फेरिन नसकेको बताइन् । हिंशा गर्नु हुँदैन भन्ने महसुस भए पनि लैगिंक समानताको विषयमा सचेतनाको भने कमि नै रहेको उनको भनाई थियो ।

हिंशाको प्रकृति फेरिरहेकाले स्वयम्मा हिंशा गर्नु हुदैन भन्ने सचेतना नआएसम्म लैगिंक हिंशा रोक्न नसकिने  जिल्ला महिला समन्वय समितीकी उपाध्यक्ष सुसीला उप्रेतीले बताइन् ।

कार्यक्रममा सहजीकरण गर्दै नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवं कान्तिपुर दैनिक क्षेत्रीय प्रमुख दिपेन्द्र बडुवालले लैगिंकताको विषयमा युवाहरुले सचेत गराउंदै बालअवस्था बालअधिकार नबुझ्दै वित्यो, युवा अवस्था युवाअधिकार नवित्दै गयो भन्ने जिन्दगी सार्थक हुन नसक्ने उल्लेख गरे ।

सामाजिक सञ्जाललाई रुप रंग र जवानीसंग मात्र जोडेर प्रयोग गरिदाँ हिसां बढेको उहाँको भनाई थियो । कार्यक्रममा लायन्स क्लब अफ भरतपुर चौतारीकी पूर्व अध्यक्ष तथा एरिया नं ३ जोन चियर पर्सन शारदा शर्मा पौडेल,गोरखापत्र का चितवन सम्वाददता तथा सुझेच्छा साप्ताहिकका सम्पादक शान्ता अधिकारी, चितवन सक्रिय महिला प्रतिष्ठानका कार्यक्रम संयोजक सुजता बर्तौला , माइती नेपालका चितवन संयोजक युवराज दवाडीले सहजीकरण गुर्नुभएको थियो ।
घर शान्ती नै विश्व शान्ती आधार, दिगो विकासका लागि लैगिंक  हिसां रहित समाज भन्ने नारा का साथ  महिला हिसां विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।

यसैबीच छोरीलाई अवेरसम्म हिड्दा बन्देज नगरी छोरालाई पनि  महिलालाई दुव्यर्वहार गर्नु हुदैंन भनेर सिकाए मात्र लैगिंक समानताका लागि सहज हुने आज भरतपुरमा आयोजित एक कार्यक्रममा बताइएको छ ।  अन्तर्राष्ट्रिय लैगिंक हिसां विरुद्धको १६ दिने अभियानका अवसरमा परिचय संस्था र लायन्स क्लब अफ भरतपुर चौतारीको संयुक्त आयोजनामा लियो क्लबका पदाधिकारीहरुसंग गरिएको अन्तरक्रियामा हरेक नारीलाई आमा दिदीबहिनीको नजरमा हेर्न आग्रह समेत गरिएको थियो ।