खानेपानीको अध्यक्ष पुन वुर्लाकोटी

चितवन, मंसिर १२ । राप्ती नगरपालिका १० वडहरामा रहेको बीरेन्द्रनगर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पुन राजेन्द्र प्रसाद वुर्लाकोटी चयन भएका छन् । सस्थाको शनिवार भएको प्रथम साधारण सभा तथा अधिवेशनले वुर्लाकोटीलाई पुन आगामी कार्यकालका लागी अध्यक्षमा चयन गरेको हो । सस्थाको उपाध्यक्षमा रामचन्द्र पाठक,सचिवमा सृजना खरेल र कोषाध्यक्षमा उमा गुरुङलाई चयन भएका छन् । नगर विकास कोषका निर्देशक हर्क वहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष वुर्लाकोटीले प्रगति प्रतिवेदन र कार्यालयका कर्मचारी सादुराम दनैले लेखा प्रतिवेदन पेश गरेका थिए । संस्थाका अध्यक्ष वुर्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी,विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले मन्तव्य राखेका थिए ।