बाघमारा वनको साधारण सभा (भिडियोसहित)

चितवन, मंसिर १२ । रत्ननगर १७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको १७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । bagamara-banaचितवन राष्ट्रिय निकुञ्ज पुर्वी सेक्टर प्रमुख एवंम् सहायक संरक्षण अधिकृत अविनय पाठकको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वनका अध्यक्ष वीपि चौधरीले भावी कार्यक्रम,सचिव सुर्य वहादुर तामाङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष टिकाराम खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 20161126_122536कोषाध्यक्ष खनालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा यस वर्ष वनले २ करोड २७ लाख रुपैया आम्दानी गरेको उल्लेख छ । 20161126_122103हात्ती प्रवेश,डुङ्गा संचालन ,पर्यटक प्रवेश लगायतबाट वनले सो आम्दानी गरेको हो । musahara-taalआम्दानी अनुसार वनले सामुदायिक विकास,पर्यापर्यटन प्रर्वद्धन,वन व्यवस्थापन लगायतमा खर्च गरेको छ ।

 

कार्यक्रममा रत्ननगर नगरपालिकाका कर शाखा प्रमुख पुष्पराज आचार्य,क्षेत्रिय होटल संघ सौराहाका तृतिय उपाध्यक्ष योगेश अधिकारी,रेष्टुरेन्ट एण्ड बार एसोसियसन रेवानका अध्यक्ष लालवहादुर भट्ट,युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपक भट्टराई,चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष वीपी चौधरी लगायतले मन्तव्य राखेका थिए ।20161126_122102 कार्यक्रम वनका अध्यक्ष विपी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।