नवलपरासी जिल्ला अखण्ड राख्नु पर्ने: सांसद कलवार

रबिन्द्र यादव
नवलपरासी, मंसिर ११ । नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार सन्तुले नवलपरासी जिल्ला अखण्ड राख्नु पर्ने माग गर्नु भएको छ अाज वहाको गृह जिल्लाको गुठी परसौनी अाफ्नै घर निवासमा तरुण दल क्षेत्रिय समितिले सदस्य विस्तार कार्यक्रममा प्रमुख अथित्यतता मा बोल्दै नेता कलवारले नवलपरासी जिल्ला कुनै पनि हालतमा टुक्राउन नपाइने दाबी बताउनु भएको छ ।na

साथै कलवारले संविधान संशोधन प्रस्ताव मार्फत नवलपुर क्षेत्र प्रदेश नम्बर ५ मा राख्न सरकारलाई सुझाव दिनु भएको छ । सिमांकन हेरफेर गरि नवलपरासीलाई खण्ड गरिए अाफु यसको कडा विरोध गर्ने समेत चेतावनी दिनु भएको छ ।

उता नवलपुर बासीले नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मै राख्नु पर्ने माग गर्दै बन्द हडताल विरोधका कार्यक्रमहरु निरन्तरता दिदै अाएका छन्न । अाजको कार्यक्रम तरुण दल क्षेत्रिय सभापति सतिशचन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद देवकरण कलवार सन्तु, विशिष्ट अतिथिमा तरुण दल नवलपरासीको सभापति सुर्य गुरुङ , जिल्ला नेपाल विद्यार्थी संघ जिल्ला सदस्य अनोज यादव, कन्हैया हरिजन, कुन्नु पाल लगायतको सहभागीता रहेको थियो । अाजको कार्यक्रम बाट अाउदो शनिबार सुर्यपुरा देखि अठलही तथा शिवपुरगढी देखि नेपाली नहर हुँदै महलबारी सम्म सडकको सरसफाइ गर्ने समेत निर्णय गरेको छ ।

Promise Education Consultancy