चितवनमा जेब्रा क्रस छ तर तर प्रयोग हुँदैन्

चितवन, मंसिर ११ । चितवन लगायत देशका विभिन्न ठाँउ ठाँउमा जेब्रा क्रसिंग बनाइएको छ । जेब्रा क्रसिंग हुनु भनेको ब्यस्त सडक हुदा त्यहाबाट बाटो काट्दा सुरक्षित हुनु हो । भरतपुर बजार क्षेत्रका लगभग सबै जसो मुख्य चोकहरुमा पैदलयात्रीलाई बाटो काट्न सहज होस् भनेर ट्राफिक प्रहरीले जेब्रा क्रसिङको व्यवस्था गरेको छ ।

सडक दुर्घटनालाई कम गर्नको लागि पनि जेब्रा क्रसिङ बनाइएको हो । यस विषयमा जनतालाई सुसूचित गराउन भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले समयसमयमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने गरेको छ ।zebar_crossign1

निश्चित स्थानबाट मात्रै बाटो काट्ने व्यवस्था मिलाउदा सवारी चालक र सर्वसाधारण दुवै पक्षलाई आवतजावत गर्न सजिलो हुन्छ । तर, पैदलयात्रीहरुमा भने जेब्रा क्रसिङबाट मात्रै बाटो काट्नुपर्छ भन्ने विषयमा अझै पनि चेतना आइनसकेको पाइएको छ । अर्कोतर्फ सवारी चालकहरुमा पनि जेब्रा क्रसको नजिकमा सवारी साधनको गति कम गर्नुपर्छ भन्ने ज्ञानको अभाव रहेको छ । स्थानीय निकायले हामि जनताको सुरक्षाको लागि बनाएको जेब्रा क्रसिंगको महत्व बुझेर त्यसको सहि प्रयोग आजको आवश्यकता पनि हो ।

त्यसलाई बुझेर सहि प्रयोग गर्नु जिम्मेवार नागरिकको कर्तव्य र जिम्मेवारी पनि हो । दैनिक जसो सडक दुर्घटना भई रहेको समयमा हामि भने जानी जानी आफ्नो ज्यान जोखिममा पारिरहेका छौ । नारायणगढ बजारका पुल्चोक, शहीदचोक, लायन्सचोक लगायतका मुख्य चोकहरुमा जेब्रा क्रसिङ बनाइए पनि जेब्रा क्रसिङभन्दा अन्य स्थानबाट बाटो काट्नेहरुको संख्यामा पनि कम छैन ।

जसले गर्दा फाट्टफुट्ट दुर्घटनाहरु भइरहेका छन् । पैदलयात्रीहरुमा जेब्रा क्रसिङबाट मात्रै बाटो काट्नुपर्छ भन्ने सोचाइ हुदाहुदै पनि वास्ता नगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक राजन भेटवालले बताए। यो नया कुरा होइन, सबै जनतालाई थाहा भइसकेकै कुरा हो भन्ने उंहाको भनाई छ । तर पनि मानिसहरुले जेब्रा क्रसिङबारे खासै वास्ता गरेको पाइदैन ।

मानिसहरुले आफ्नो जीवन जोखिमलाई भन्दा पनि छिटो, छरितो तथा हतारको यात्रालाई प्राथमिकता दिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भेटवालले बताए।।एकातिर सर्वसाधारणहरु बाटो काट्नका लागि हतारिन्छन् भने अर्कोतर्फ सवारीसाधनहरु हतारिन्छन्, त्यसले गर्दा पनि छिटफुट रुपमा दुर्घटनाहरु भइरहेको उनको भनाई छ । मानिसहरु एकछिन पर्खेरै भए पनि समूह बनाएर बाटो काट्ने गरे सवारी चालकहरुलाई पनि सजिलो हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख भेटवालले बताए । यसरी मनलाग्दी रुपमा जहाँ पायो त्यहीबाट बाटो काट्ने पैदलयात्रीहरुलाई कारबाही गर्ने ट्राफिक प्रहरीले योजना बनाएको छ । यसरी बाटो काट्नेलाई अस्थायी रुपमा सडक किनारमा बनाइएको पिंजडा केजमा १० मिनेट राखेर कारबाही गर्ने योजना बनाएको ट्राफिक प्रहरी प्रमुख भेटवालले जानकारी दिए ।