चितवनमा जनस्तरमा एक करोड बढी संकलन गरि प्रहरी नागरिक सहायत कक्ष भवन निर्माण (१५ तस्वीर र भिडियोसहित)

राजेन्द्र आचार्य
चितवन, १२ मंसिर । चितवनमा प्रहरी प्रशसासनलाई चुस्त दुरुस्त बनाउन जनस्तरबाट प्रहरी नागरिक सहायत कक्ष अत्याधुनिक दुई तले भवन निर्माण गरिएको छ । जनस्तरबाट एक करोड ४ लाख ४ हजार रुपैयाँ रकम संकलन गरी जिल्ला प्रहरी कार्यालय चितवन र स्थानियहरुको सक्रियतामा सो निर्माण गरिएको हो ।7


जनस्तरबाट एक करोड ४ लाख ४ हजार रुपैयाँ रकम संकलन गरि निर्माण गरिएको अत्याधुनिक सुविधा सम्पन्न भवनमा प्रहरी कन्ट्रोल रुम, सिसि क्यामरा निगरानी कक्ष, प्रहरी मिटिङ्ग रुम सहित छुटै चमेना गृह निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त बहादुर कुवँरले जानकारी दिए ।2
२०७३ साल जेठ गतेबाट हामीले निर्माण सुरु गरेको थियौँ –निर्माण समितिका अध्यक्ष बाबुराम अधिकारीले भने । 13प्रहरी कार्यालयमा धेरै समस्या देखपछि र जिल्लामा शान्ती सुरक्षा मजबुद बनाउन हामी सबै व्यवसायी र जनस्तरबाट सहकार्य १ बर्षमा नै सो भवन निर्माण गरेका हौं ।12
न्व निर्माति भवनको एक भव्य समारोहका विच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्धघाटन गरेका थिए ।
नेपाल प्रहरीको विकल्प छैन्
सो अवसरमा बोल्दै उनले नेपाल प्रहरीको विकल्प नभएको बताएका छन् । साथै उनले नेपाल प्रहरीको विकल्प अन्य कुनै निकाय हुन नसक्ने भएकोले राम्रो र प्रभावकारी नेपाल प्रहरी हुनु आवश्यक रहेको बताए ।1
जनताको सरकारी कार्यालयहरुप्रतिको अपेक्षा बढ्दै गएको सन्दर्भमा प्रहरी कार्यालयबाट नागरिकले प्रभावकारी सेवा पाउनुपर्ने अर्यालले बताए । नेपाल प्रहरीले जनस्तरबाट एकैपटक यति ठूलो सहायता पाएको नेपालमै पहिलो भएको बताए ।15
उनले भने “जनताले सहयोग गर्नुका पछाडि केही अपेक्षाहरु छन्, ति भनेको चितवन प्रहरीको सेवा प्रभावकारी हुनु हो ।” जनताले प्रभावकारी सेवा चाहेकै कारण आफ्नै लगानीमा यति ठूलो भवन बनाईदिएको अर्यालको भनाई छ ।66 5 4


३७ ठाउँमा ससि क्यामरा जडानको उद्घाटन
सो अवसरमा उनले थर्ड भिजन चितवनको सहकार्यमा जिल्ला प्रहरी कार्यालयको अत्याधुनिक सिसि क्यामरा निगरानी कक्षको पनि उद्धघाटन गरेको थिए । सो अवसरमा भरतपुर र नारायणगढ बजार क्षेत्रका विभिन्न ३७ ठाउँ तथा जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालयभित्र र परिसरमा गरी १६ वटा सिसि क्यामरा जडानको पनि प्रहरी महानिरीक्षक अर्यालले उद्घाटन गरे ।14 11 10 3
जिल्लामा हुने अपराधीक क्रियाकलाप नियन्त्रण गर्न ६० लाख खर्च गरेर सिसि क्यामरा जडान गरिएको थर्ड भिजन चितवनका कोषाध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए । सिसिटिभी जडानका लागि चितवन महोत्सवबाट ११ लाख, जिल्ला विकास समितिबाट ९ लाख, भरतपुर उपमहानगरपालिकाबाट ८ लाख र अन्य संघसंस्था, व्यवसायीहरुको सहयोगमा प्राप्त भएको चुकेले जानकारी दिए । यस सिसिटिभी जडानबाट जिल्लालाई अपराधमुक्त बनाउन केही सहज हुने विश्वास गरिएको छ ।

चितवनवासी जनताको भावना अनुरुप काम गर्न जिल्ला प्रहरी कार्यालय चितवनका अधिकृत तथा जवानहरुलाई निर्देशन दिंदै उनले भने “नेपाल प्रहरीलाई जनताले भवन बनाई दिए, तपाईहरुले जनताको अपेक्षा पूरा गर्नुहोस् ।” उनले सेवा प्रभावकारी नभए जनताको अपेक्षा पूरा नहुने बताउँदै जनताको सहयोग पाईराख्न उनीहरुलाई प्रभावकारी सेवा दिनुपर्ने अर्यालले बताए ।
बढ्दो शहरीकरणसँगै शान्ति सुरक्षामा जनताको चासो बढ्दै गएको बताउँदै उनले शान्ति सुरक्षा कायम राख्न नागरिकको पनि सक्रिय सहभागिताको आवश्यकता रहेको बताए । आम जनता पनि बिना बर्दीका प्रहरी भएको बताउँदै अर्यालले सबै मिलेमा मात्रै शान्ति सुरक्षा कायम गर्न सकिने बताए । उनले भने “जनताको सहयोग बिना शान्ति कायम राख्न गाह्रो हुन्छ ।”
उनले प्रहरीले आफ्नो अधिकार र कर्तव्यको सदुपयोग गर्दै काम गर्नुपर्ने बताउँदै अधिकार दुरुपयोग गर्ने जोकोहीलाई कारवाही गरिने बताए ।
त्यसैगरी कार्यालय परिसरमा निर्मित चमेना गृहको पनि अर्यालले उद्घाटन गरे । ती सिसि क्यामराहरु पनि जनस्तरबाट रकम संकलन गरी जडान गरिएका हुन् । सोही अवसरमा प्रहरी महानिरिक्षक अर्यालय भवन निर्माण सहयोग गर्ने बाबुराम अधिकारी, थर्ड भिजन चितवनका कोषाध्यक्ष दिनेशकुमार चुके, लेखराज पन्त(हरि), रामप्रसाद सुवेदी, जिल्ला विकास समिति चितवन, लगायत एक दर्जन बढी व्यक्ति र संस्थालाई सम्मान गरेका थिए ।