चित्रवन साकोसले मनायो २० औं वार्षिकोत्सब

चितवन, ०९ मंसिर । नेपालको सहकारीहरुको भिडमा आफ्नो छुट्टै पहिचान वनाउन सफल चितवनको भरतपुर उपमहानगरपालिका वडा नं ७ स्थित चित्रवन वचत तथा ऋण सहकारी संस्थाले आज भरतपुरको बुद्घचोकमा संस्थाका अध्यक्ष भुवन आचार्यको अध्यक्षतामा प्रमुख अतिथी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्दीय सदश्य शान्ति अधिकारीको उपस्तिथीमा संस्था २०औ बार्षिकोत्सब कार्यक्रमको अवसरमा सप्ताहब्यापी कार्यक्रम गरी मनाएको हो । chuiterwanउक्त कार्यक्रम मा संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सन्तवहादुर गुरुङ्गले कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । संस्थाले गत मंसिर ३गते प्रत्रकार सम्मेलन ४गते बालबचतकर्ताहरुको खेलकुद तथा र्याली ५गते सरसफाइ कार्यक्रम ६ गते घरदैलो तथा अन्तरक्रिया कार्यक्रम ७गते भरतपुर क्यान्सर अस्पातालका विरामीहरुलाई फलफुल वितरण ८गते देबधाट स्थित जेष्ठ नागरिकहरुलाई भोजन गराउने कार्यक्रम गरेको थियो भने आज अन्तिम दिन आज रक्तदान सहित ८० औं वसन्तपार गरेका बृृद्घहरुलाई सम्मान तथा वालकार्यक्रममा सहभागी विजयताहरुलाइ पुरस्कार प्रदान गरेको हो ।

उत्त कार्यक्रममा नेस्फकुनका केन्द्रिय सदश्य नबराज सापकोटा, बुद्घचोक टोल विकाश संस्थाका अध्यक्ष पुर्ण प्रसाद आचार्य,नेपाल रेडक्रस कृष्णपुर उपशाखाका गंगा प्रसाद चापागाई,कृष्णपुर माविका हरीकृष्ण चापागाईले मन्तब्य राख्नुभएको थियो । संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्रमणी काफ्लेले २० वर्ष अगाडी स्थापना भएको यस संस्था आज ३ नं प्रदेशको उत्कृष्ट भएकोमा हर्ष लागेको बताउनु भयो ।

विशिष्ट अतिथी नबराज सापकोटाले २०५३ सालमा स्थापनाकालको इतिहासको स्मरण गराउदै सामर्थर पहिचानका आधारमा यस सहकारी नेपालको नमुना बन्ने सक्ने इकित गर्नुभयो । प्रमुख अतिथी शान्ति अधिकारीले सहकारी संस्थाको बार्षिकोत्सब कार्यक्रम एक दिन नभै सप्ताहब्यापी मनाउनु एक खुशी र चुनौती रहेको बताउनु भयो ।संस्था शुशासन र लगनशिलताको कारण नेपालकोमात्र नभै दक्षिण एशियाली राष्ट्रमै उत्कृष्ट हुन सक्ने औल्याउनु भयो । भरतपुरमा २३३ वटा सहकारी र काउले सहकारी विहीन हुनु दुर्भाग्य भएको जिकिर गर्नु भयो ।

चितवनमा प्रभात र दिदि बहिनी सहकारी एकिकरण भइ प्रभात दिदिवहिनी सहकारी संस्थाको रुपमा एकिकृत कारोवार आश्विन १ गतेदेखी गरेको स्मरण गराउदै बैक जस्तै सहकारी पनि एकिकरण हुनुपर्ने प्रष्टयाउनु भयो । छिमेकी जिल्ला नवलपरासीको विकुले २६०००सदश्य र२ अरव पुजी पुर्याएको तर्फ इकित गर्दै चितवनमा पनी ठुलो सहकारीको खाँचो भएको औल्याउनु भयो ।

कार्यक्रममा संस्था भित्रका ८० वर्ष पार गरेका २७ जना बृद्घहरुलाई सम्मान गरीएको थियो भने ४२ जना पुरुष र १९ जना महिला गरी कुल ६१ जनाले रक्तदानगरी उनिहरुलाइ सम्मान सहित विबिध बिधामा बच्चाहरुलाइ पुरस्कृत गरीएको हो ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती भुवन आचार्यले २०५३ साल मंसिर ९ गते बुद्घचोकमा नबराज सापकोटा र उपेन्द्र जीबाट ४७ जना सदश्य भइ स्थापना गरीएको सहकारी आज २८०० सदश्य र २३ करोड पुजी पुगेको कुरा ले गौरवान्वित भएको वताउनु भयो । यस सहकारी आगामी ९ महिना भित्र ४००० सदश्य र ३० करोड पुजी पु्याउने निति लिएको जानकारी गराउनु भयो । संस्थाले गरेको सप्ताहब्यापी कार्यक्रमका अवसरमा उपस्थित भएर कार्यक्रम सफल बनाउनुहुने सम्पुर्ण शेयर सदश्य संघ संस्थाहरुलाइ धन्यवाद दिदै संस्थाको बिशौं वार्षिक कार्यक्रम समापन गर्नु भयो ।