रेवान सौराहाद्धारा प्रजिअ , एसपिको बिदाइसगै होटल संघका अध्यक्ष घिमिरेलाई सम्मान

चितवन, ०९ मंसिर । चितवनका प्रमुख जिल्ला अधिकारी ,प्रहरी प्रमुख र अनुसन्धान उपनिर्देशकको बिदाइ गरिएको छ । सौराहामा रहेको रेस्टुरेन्ट एण्ड बार एसोसिएसन सौराहा रेवान,बाघमारा र चित्रसेन मध्यबर्ती सामुदायिक बनले सयुत्त रुपमा कार्यक्रम गर्दै प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिह , प्रहरी प्रमुख बसन्त कुबर र अनुसन्धान उपनिर्देशक माधब तिमल्सिनालाइ बिदाइ गरेका हुन ।

reban-samana suman सो अबसरमा प्रजिअ सिहले सौराहाका सस्थाहरुले गरेको बिदाइले अझ उर्जा थप्ने काम गरेको पनि बताए । रेवानका अध्यक्ष राजनभट्टको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा अनुसन्धान उपनिर्देशक तिमल्सिना ,क्षेत्रीय होटल संघ सौराहाका नबनिर्बाचित अध्यक्ष सुमन घिमिरे, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भुपेन्द्र अधिकारी ,बाघमारा सामुदायिक बनका अध्यक्ष बिपि चौधरी,रेवानका प्रथम उपाध्यक्ष गोकर्ण गिरि,महासचिव दिपेन्द्र खतिवडा लगायतले मन्तब्य राखेका थिए । चितवनका प्रजिअ सिहको रुपन्देही ,प्रहरी प्रमुख कुबरको पोखरा र उपनिर्देशक तिमल्सिनाको काठमाडौ सरुवा भएको छ । चितवनमा अब प्रजिअ नारायण भट्ट आउनेछ्न भने प्रहरी प्रमुखमा दिपक थापा सरुवा भएर आउदैछन् ।