लैगिंक हिसां विरुद्ध चितवन जाग्यो (भिडियोसहित)

चितवन, मंसिर ९ । समानता विकास र शान्ती प्राप्तीमा बाधककको रुपमा रहेको महिला हिसां नेपालमा व्यापक रुपमा फैलिएको समस्या हो । लैगिंक हिसां महिला तथा बालबालिका विरुद्धको हिंसाका रुपमा बढी चर्चामा रहेको विषय हो । लैगिंकतामा आधारित हिसां कुनै पनि प्रारुप वा बाहनामा मान्य हुने हिसा नभएकाले र यो पुस्तौ पुस्तादेखि दोहोरिदैं आएको हिसांको चक्रलाई रोक्ने उपायको खोजी गर्नु आजको आवश्यकता हो । यसैलाई रोक्न चितवनबासी यतिबेला एक भएका छन् । लैगिंक हिसा विरुद्धको १६ दिने अभियान २०१६ लाई जिल्लाका सरकारी र गैरसरकारी संघसस्थाले विशेष रुपमा मनाउने निर्णयसंगै म हिसा सहन्न आफु पनि गर्दिन र अरुले गरेको देखेमा प्रतिकार गर्छु भन्ने प्रतिवद्धता जिल्लाबासीलाई गराउने संघसंस्थाको निचोड छ ।mahealqa-ko
यसै अवसरमा “सबैले सम्मानित जीवन जिऔं ,महिला हिसां मुक्त चितवन बनाऔं” भन्ने नारासहित चितवनको सरकारी र गैरसरकारी संस्थाले लैगिंक हिसां विरुद्धको १६ दिने अभियान विशेष रुपमा रुपमा मनाउने भएका छन्।

 

जिल्ला महिला समन्वय समिती जिल्ला विकास समिती चितवनको आयोजनामा आज भरतपुरमा पत्रकार सम्मेलन गरि १६ दिनभरी गरिने कार्यक्रमको बारेमा जानकारी दिइएको हो । अभियानको अवसरमा साह्रै दिन नयाँ संविधानमा महिलाका सवालहरु, जनचेतनामुलक नाटक, गोष्ठी, अन्तरक्रिया, र्याली, घरदैलो,घुम्ती परामर्श पर्चा वितरण, विद्यालय र कलेज स्तरीय अनुशिक्षण , जोडी छलफल, राजनीतिक दलहरुसंगको प्रतिवद्धता, स्वास्थ शिविर लगायतका कार्यक्रमहरु रहेका छन् । महिला हिसांको विषय क्रस कटिङ्ग मुद्धा भएकाले यसलाई सबैको समन्वय र साझेदारीमा निरोधात्मक सामाजिक जागरण ल्याउनुका साथै अधिकारबादी सोचबाट प्रभावित महिलाका लागि छिमेकी सहयोग एवं समुदायदेखि सदरमुकामसम्मका यथासक्य उपचारात्मक सेवाहरु सुलभ गराएर न्याय दिलाउनु यसको उद्धेश्य रहेको सदस्य संगिता भट्टराईले जानकारी दिईन् । व्यक्ति घर ,समाज र राष्ट्रमा सम्मानजनक जीवनयापन गर्न सचेतता अभिबृद्धि गराउनका लागि जिल्लामा महिलाको क्षेत्रमा काम गर्ने संस्थाहरुले १६ दिन भरी नै विभिन्न कार्यक्रम आयोजना गरेका हुन्् । घरशान्ती नै विश्व शान्तीको आधार , दिगो विकासका लागि लैगिंक हिसां रहित समाज भन्ने नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस विश्व व्यापी रुपमा मनाइदैं छ । अभियानको अन्तराष्ट्रिय नारा Form Peace in the House to peace in the world:Make Education safe or All रहेको छ ।
चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोख्रेलले अभियानको अवसरमा गरिने कार्यक्रमहरुलाई सफल बनाउन जिविस सधै साथैमा रहेहको भन्दै सबै संघसंस्थाहरुले सकरात्मक भुमिका खेल्न आग्रह गर्नुभयो । महिला तथा बालबालिका विरुद्धको अपराधको तथ्याकं प्रस्तुत गर्दै महिला तथा बालबालिका कार्यालयका प्रमुख शान्ता कुमारी पौडेलले सबैभन्दा बढी घरेलु हिसांको घटना दर्ता भएको बताउनुभयो । प्रहरी प्रधान कार्यालयलाई उद्धत गर्दै दिइएको तथ्याकंमा ०७१,०७२ मा जवरजस्तीकरणीमा ९८१,जवरजस्तीकरणी उद्योग ५६२,मानवबेचविखन १८४,गर्भपतन १७, बहुविवाह ५१८ बालबिवाह २३, र घरेलु हिसांमा ८हजार२६८ जना रहेका छन् । यस्तै चितवन जिल्लामा प्रहरीको तथ्याकंमा ०७०देखि ०७३ सम्म जवरजस्ती करणी ३३ जना, बहुविवाह २८, घरेलु हिसांमा ७१८ जना रहेको जसमध्ये खानलाउन नदिएको २०६, कुटपिट ३२८ र गाली बेइजतिमा १८४ जना रहेको उल्लेख छ । लैगिंक हिसां महिला तथा बालबालिकाक विरुछको हिसांका रुपमा बढी चर्चामा रहेकाले अभियानमुलक कार्यक्रमले जनचेतना अभिबृद्धि गर्न थप टेवा पुग्ने विश्वास लिइएको छ ।
सो अवसरमा अधिकारकर्मी एवं परिचय संस्थाकी अध्यक्ष बन्दना खाँडले हिसां विरुद्धको आवाजहरु आउन थालेको भएपनि पितृसतात्मक सोच हावी भएका कारण कार्यक्रमहरुलाई निरन्तरता दिनु परेको बताउनुभयो । यद्यपी पछिल्लो समय घरभित्रको काममा पुरुषहरुको सहभागिता बढेको र स्वाभावमा विस्तारै परिवर्तन हुदै गएको उहाँको भनाई थियो । महिला जिल्ला समन्वय समितीका उपाध्यक्ष शुशिला उप्रेतीले समितीमार्फत गरिने कार्यक्रममा सबैको सक्रिय सहभागिताको अपेक्षा गर्दै यसलाई सफल बनाउन एक जुट हुनुको विकल्प नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष संगिता भट्टराईले जिल्लाका संघसंस्थाहरुले १६ दिनभरी गर्ने कार्यक्रमको जानकारी दिनुभएको थियो ।
सन् १९६० को नाभेम्बर २५ का दिन डोमिनकन रिपब्लिकका ३ साहसिक महिला दिदीबहिनीको तत्कालिन तानाशाहको सरकारले कायरतापुर्वक निर्मम हत्या गरेपछि १९९१ म २० वटा देशका उत्साहित २३ जना महिलाहरुको समुहले महिला हिसां विरुद्धको १६ दिने अभियानको शुरुआत गरेका हुन् । १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई अन्तराष्ट्रिय महिला हिसां विरुद्धको दिवसको रुपमा मनाउने घोषणा गरेपछि यो दिवस विश्वभरी नै मनाइन्छ । हिसां मानवता विरुछको आपराधिक कार्य हो । कसैलाई पनि कसैले लिगंको आधारमा गरिने हिसांलाई लैगिंक हिसांको रुपमा परिभाषित गरिन्छ । जसलाई पुरुष, महिला वा तेस्रो लिगीं भएकै आधारमा उनीहरुमाथि गरिने हिसां भनि बुझ्न सकिन्छ । महिला विरुद्ध हुने हिसां भन्नाले महिला माथि गरिने विभिन्न किसिमका शारिरिक, यौनिक, मानसिक सामाजिक एवं हिसांत्मक व्यवहार भन्ने बुझिन्छ । त्यसैले व्यक्ति समाज र देश हुदैं विश्ववाटै हिसां अन्त्य गर्न सबै एक हुन जरुरी भएको शिक्षा अभियानले दिने विश्वास लिइएको छ ।