भरतपुर महोत्सव २०७३ हुने

चितवन, ०९ मंसिर । महोत्सवमय बनिरहेको चितवनमा फेरी अर्को महोत्सव हुने भएको छ । हरेक २ २ वर्षमा सामाजिक कार्यमा सक्रिय युवा समाज भरतपुरको आयोजनामा भरतपुर महोत्सव २०७३ हुने भएको हो ।
घरेलु उत्पादन, स्थानीय बजार एवं आन्तिरक पर्यटन प्रवद्र्धनका निमित्त आयोजना गर्न लागिएको भरतपुरको गौरव एवं गरिमामय चौथो प्रस्तुति भरतपुर महोत्सव –२०७३ हुने भएको हो । bharatpur-mahosav
भरतपुरस्थित राष्ट्रिय सहकारी विकास बोर्डको खुल्ला मैदान केन्द्रीय बस टर्मिनलमा सम्पन्न हुने महोत्सव मंसिर २२ गतेदेखि पौष २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । जसका लागि युवा समाज भरतपुरले हरेक २ वर्षमा आयोजना गर्ने महोत्सवको आम्दानीबाट विभिन्न सामाजिक कामहरु गर्दैै आईरहेको
छ । जसका लागि युवा समाज भरतपुरका अध्यक्ष असिम भट्टराईको संयोजककत्वमा २५१ मूल समिति समेत गठन गरिएको छ । यो पटकको महोत्सवमा पृथक र फरक शैलीका स्थानीय उप्पादनलाई प्राथमिककतामा राखेर महोत्सवमा प्रदर्शन गरिने महोत्सवका प्रचार प्रचार समितिका संयोजक राजु भट्टले जानकारी दिए । महोत्सवले जिल्ला सदरमुकाम भरतपुरको विभिन्न विकास निर्माण र सामाजिक काममा आफ्नो पहिचानलाई थप स्थापित गर्ने महोत्सवका संयोजक भट्टराईले बताए । महोत्सवमा २५० भन्दा बढी स्टलहरु रहने छ ।