तरकारीवालीले पाईन, स्नातकोत्तर तह सम्मको छात्रावृत्ति (भिडियो सहित)

चितवन, ८ मंसिर । सामाजिक सञ्जालमा ‘तरकारीवाली’को उपनामले चर्चित गोरखाकी कुशुम श्रेष्ठले स्नातकोत्तर तहसम्मको निशुल्क छात्रबृत्ति पाएकी छन ।
स्थायी घर गोरखाको भुम्लिचोक भएकी कुशुम श्रेष्ठ, हाल चितवनको रत्ननगरस्थित क्वेष्ट मोड कलेजमा कक्षा ११ मा अध्ययनरत छिन ।
उनि अध्ययनरत क्वेष्ट मोडल कलेज र नेपाली चलचित्र निर्माता कम्पनि पपुलर मल्टिमिडियाले संयुक्तरुपमा श्रेष्ठको कक्षा ११ र १२ पढाईका लागी छात्राबृत्ति प्रदान गरेका हुन ।
यस्तै आज (बुधबार) कलेज परिसरमा आयोजित कार्यक्रममा काठमाडौँ बबरमहलस्थित मेघा कलेजले श्रेष्ठको स्नातक र स्नातकोत्तर तहको अध्ययनका लागी छात्राबृत्ति सम्झौतापत्र समेत हस्ताक्षर गरेको छ ।
भिडियो यहाँ हेर्नुहोसः
https://www.youtube.com/watch?v=0OIHgX2W9PY
दशैं बिदामा स्थायी घर गोरखा गएका बेला बाबु आमालाई सघाउन क्रेटमा गोलभेडां बोकेर बजार आउँदै गरेको र तरकारी बेच्न बसेका बेला फोनमा कुरा गर्दै गरेको कुशुमको २ ओटा फोटो पर्यटन व्यवसायी रुपचन्द्र विष्टले गोरखा र चितवन जोड्ने झोलुगें पुलमा आफ्नो क्यामरामा कैद गरेका थिए ।
पछि सो फोटोलाई विष्टले आफ्नो फेसबुकमा हालेपछि कुशुमको तस्वीर एकाएक #tarkariwali को ट्याग सहित संसारभर भाईरल बनेको थियो ।
अधिकाशंले उनको फोटोलाई मेहनती र लगनशील भन्दै बिभिन्न फोरम तथा आफ्नो पेज र अकाउन्टमा १० करोड भन्दा बढि पोष्ट शेयर भएको थियो ।
केहि समय अघि पाकिस्तानका एक युवकको तस्वीर पनि यसरी नै #chaiwala को ट्यागमा यसरी नै चर्चित बनेका थिए ।
अर्सद खान नाम गरेका ति युवक चाईवालाका नामले चर्चित बनेपछि ति उनलाई पनि यसरी नै बिभिन्न प्रस्ताब आएका थिए, र हाल उनि पाकिस्तानमा नै मोडलिङ क्षेत्रमा सकृय छन ।
एकाएक कुशुमले कमाएको प्रशिद्धि देखेर उनलाई यतिबेला बिभिन्न क्षेत्र र संघसंस्थाले सहयोगको प्रस्ताब गर्ने गरेका छन । चलचित्र खेल्ने सम्मको प्रस्ताब आएपनि हाल उनले भने पढाईलाई प्राथमिकता दिने प्रतिक्रिया दिएकी छिन ।
छात्रवृत्ति पाईसकेपछि कुशुमले आफ्नो लागि यो सहयोग अतुलनीय रहेको बताईन् ।
‘यो सहयोग मेरो लागि अतुलनिय छ । उहाँहरुको चाहना अनुरुप मैले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु । अहिले मेरो प्रमूख प्राथमिकता भनेको अध्ययन नै हो।’
शिक्षण शुल्क तथा छात्रवृत्ती प्रदान कार्यक्रममा पपुलर मल्टी मिडीयाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, पपुलर मल्टी मीडियाले बनाउँदै गरेको चलचित्र ‘लम्फू’का निर्देशक गोपाल चन्द्र लामिछाने, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, बरिष्ठ साहित्यकार एलबि क्षेत्री, कुशुम श्रेष्ठका काका गोपिलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिश चन्द्र शर्मा लगायतको उपस्थिति थियो ।
नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा चलचित्र निर्देशक गोपाल चन्द्र लामिछानेले कुशुमलाई आफूले ‘लम्फू’ चलचित्रमा उनलाई सुहाउने गरी एक भूमिका रहेकोले अफर गरेको बताए ।
‘कुशुमलाई सुहाउने भूमिकामा हामीले अफर गरेका थियौँ तर उहाँले पहिले पढ्ने मनसाय व्यक्त गर्नुभयो । पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि हामीले उनलाई छात्रवृत्ती दिने बारेका निर्णय गरेका हौँ’, निर्देशक लामिछानेले भने, ‘उनको उच्च शिक्षाको लागि यो हाम्रो सानो सहयोग हो’ ।
चलचित्र निर्माता पुनम क्षेत्री गौतमले अवसर आयो भन्दैमा हाम फाल्न पनि नहुने र अवसरलाई नबुझी लत्याउन पनि नहुने बताईन् ।
गौतमले कुशुमले चाहेको खण्डमा मोडलिङ् क्षेत्रमा आफूले सहयोग गर्ने प्रतिवद्दता जनाईन् ।