क्षेत्रिय होटलमा युवा व्यवसायी सुमनको नेतृत्व

राजेन्द्र आचार्य
चितवन, ०८ मंसिर । पर्यटकीय नगरी सौराहामा रहेको क्षेत्रिय होटल संघ सौराहाको अध्यक्षमा युवा व्यवसायी सुमन घिमिरे निर्वाचित भएका छन् ।
संघको पदाधिकारीका २९ जनाको उम्मेदवारी परेको १३ जना सदस्यहरु निर्वाचित भएसगैँ घिमिरेको नेतृतवमा २१ सदस्यीय कार्य समिति चयन गरिएको हो । 15203404_10210238105245823_1009839540255565265_nजसको प्रथम उपाध्यक्षमा दिपक भट्टराई, द्धतीय उपाध्यक्षमा भेषराज दुवाडी, तृतीय उपाध्यक्षहरुमा अञ्जनकुमार पाण्डे र योगेन्द्रनाथ अधिकारी निर्वाचित भएका हुन् । यस्तै महासचिव रामणि खनाल, सचिव दमोदर रेग्मी, कोषाध्यक्षमा श्रीरलाल परियार र सह–कोषध्यक्षमा गंगा गिरी रहेका छन् । भने यस्तै जगतपुर–मे३ौली ईकाइमा सुवोध प्रधान, मकवानपुर इकाइमा भगीरथ खरेल र नवलपरासी इकाइबाट रामसिंह गुरुङ्ग रहेका छन् । यस्तै दुई मनोनित सदस्यहरुमा सूर्यबहादुर रिमाल र दिपक अधिकारी रहेका छन् ।15107230_10209078471692904_7643912038105905095_n भने ती आन्त्रीत सदस्यहरुमा गायत्री श्रेष्ठ, ऋृषि तिवारी र वविता चौधरी रहेका छन् । यस्तै सदस्यहरुमा गणेश र्मा पौडेल, लजिक कृष्ण सागर, टिका गिरी, भूपेन्द्र अधिकारी, जीतु तामाङ्ग र प्रकाशचन्द्र भट्टराई रहेका छन् । नव निर्वाचित भएसगैँ अध्यक्ष घिमिरेले व्यवसायिक एकता समग्र पर्यटन विकास नै पहिलो प्रथामिकता भएको बताएका छन् । उनले सौराहासगैँ समग्र पर्यटन क्षेत्रको विकासका लागि एकिकृत विशेष कार्ययोजना सहित अगाडी बढ्ने जानकारी गराए । घिमिरे पर्यटनसगैँ सहित्यमा पनि रुचि राख्ने व्यवसायी हुन् । उनले हालै मात्रै प्रकाशित गरेको मौनता उपयन्साय यतिवेला चर्चामा पनि छ । संघमा यसरी युवा नेतृत्व आएको यो पहिलो पटक हो ।