चितवनमा घरदैलो गर्दै कृषि मन्त्री तामाङ

विनोद श्रेष्ठ
मुग्लिन, मंसिर ७ । कृषि मन्त्री राधिका तामाङ कृषकहरुको गुनासो, समस्या र अवस्थाको बारे बुझ्न सोमबार चितवनको दारेचोक गाविस अन्तगर विभिन्न गाउहरुमा पुगेका छन् । मन्त्री तामाङले दारेचोक गाविस वडा नं. ४ स्थित तामिन गाउको स्थलगत अवलोकन गरी त्यहाँका कृषकहरुसँग उनीहरुको समस्या र समाधनको बारेमा संवाद गरेका हुन् ।चितवनमा घरदैलो गर्दै कृषि मन्त्री तामाङ

मन्त्री तामाङ्ले किसान वर्गको हित र विकासको लागि नेपाल सरकारले विभिन्न आकर्षक र लाभदायक कार्यक्रमहरु संचालन गरिरहेको कुरा राख्दै उहाँले स्थानीय कृषकहरुको स्तरवृद्धिका निम्ति आवश्यक कार्यका लागि आफुले सक्दो प्रयन्त गर्ने कुरा बताउनुभयो । प्रसिद्ध धार्मिक स्थल ईच्छाकामना मन्दिरको काखमा रहेको तामिन गाउँ चितवन जिल्लामा नै सुन्तला खेतीको लागि प्रसिद्ध मानिन्छ ।

उक्त अवसरमा तामिन कृषि सहकारी संस्थाका अध्यक्ष हरी नेपालको अध्यक्षतामा गरिएको किसान सम्बाद कार्यक्रममा कृषि मन्त्रालयका सह–सचिव डा. सुरज पोख्रेल, जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुदिप श्रेष्ठ, एक परिवार एक फार्मका संयोजक राम बहादुर लामा, स्थानिय समाजसेवी बलराम त्रिपाठी लगायतका बक्ताहरुले आफ्नो धाराणा राख्नुभएको थियो ।

किसानहरुको समग्र विकासमा केन्द्रित रही समुदायस्तरमा संचालित अभियानमूखी एक परिवार एक फारम कार्यक्रमले चितवनका ५ पहाडी गाविसहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । पहिलो पटक विकट गाउमा मन्त्रिको भ्रमुण हुँदा स्थानइि किसानहरु उत्साहित र प्रेरित रहेको कुरा इच्छाकामना क्षेत्र विकास समितिका सदस्य राम प्रसाद बोहराले बताउनु भयो । यसै क्रममा कृषि राज्यमन्त्री राधिका तामाङले फिस्लिङ बजारमा रहेको तरकारी बजारको पनि स्थलगत भ्रमण गरी किसानहरुको अवस्थाको बारेमा प्रत्यक्ष जानकारी लिनुभएको थियो ।          तस्विर सौजन्यः राम बहादुर लामा