देवघाटमा संयुक्त रक्तदान

आशिक राना

देवघाट, ०७ मंसिर । देवघाट सामुदायिक अध्ययन केन्द्र र नेपाल रेडक्रस सोसाइटी उपशाखा को सयुक्त आयोजनामा आज १० औ देवघाटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदाननै जिवनदान हो रगत दिएर मरीदैन नपाए मरिन्छ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा ६८ जना पुरुषले रक्तदान गरेका छन् । 15207850_1031260193649320_1750584281_nभने ६ जना महिलाले रक्तदान गरेका छन् । पछिल्लो समय डेन्गु रोग फैलिएको हुदा रगतको अभाव नहोस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको संस्थाका अध्यक्ष शिवराज पौडेलले बताउनु भयो ।कार्यक्रममा भरतपुर १० का चन्द्रप्रकाश दवाडीले रक्तदाननै जिवनदान हो भन्ने उदेश्यले ९७ औ पटक रक्तदान गर्नुभएको बताउनुभयो छ ।कार्यक्रममा विभिन्न संघ सस्था तथा विभिन्न राजनितिदलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । भने कार्यक्रम देवघाट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष शिवराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।