टेलिकमको बिल भुक्तानी मेशिनबाट चौविसै घण्टा सेवा प्रदान

दयाराम आचार्य
नवलपरासी,मंसिर ७ । नेपाल टेलिकम कावासोती शाखामा टेलिकमका सबै सेवाको बिल भुक्तानीका लागि सजिलो बिल भुक्तानी मेशीन ल्याएसँगै सेवाग्राहि लाभान्वित भएका छन ।15152332_1138307296207150_782946439_o
नेपाल टेलिकमले ग्राहकलाई सेवा सुविधा सहज रुपमा उपलब्ध गराउने उधेश्य अनुरुप यो मेशिन देशका विभिन्न मुख्य शहरमा राख्दै गएकोमा कावासोतीका सेवाग्राहिलाई पनि सहजताहोस भनेर यो मेशिन राखिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख प्रभु राम मौर्यले जानकारी दिनु भयो ।
निजी कम्पनीसँगको साझेदारीमा टेलिकमले यो मेशिनबाट सेवा उपलब्ध गराएको हो । सजिलो बिल भुक्तानी मेशिनबाट नेपाल टेलिकमको ल्याण्डलाइन,इन्टरनेट महशुल,सिडिएमए,प्रिपेड,पोष्टपेड लगाएतको रिचार्ज बिदाको दिन र २४सै घण्टा गर्न सकिने प्रमुख मौर्यले जानकारी दिनुभयो ।
नेपाल टेलिकमका सेवाग्राहिलाई सेवा सुविधा दिन र कर्मचारीको कार्य सम्पादनमा यसले सहयोग पुर्याउने प्रमुख मौर्यले बताउनु भयो ।

.