चेपाङ्गको विकास गर्न चितवनमा ‘सिद्धिको विकासमा एक कदम’ परियोजना

राजेन्द्र आचार्य/आनन्द पोखरेल
चितवन, ०७ मंसिर । चितवनमा पेरुमा गरिएको विकासको नमुनाको आधारमा विपन्न समुदाय चेपाङ्ग समुदायको बाहुल्य रहेको सिद्धि गाविसमा विशेष परियोजना सुरु भएको छ । 15139613_10207794485480501_1698534341_n
तीन वर्ष भित्र सिद्धि गाविस भित्र रहेका चेपाङ्ग समुदायसंगै अन्य समुदायको स्वास्थ्य, शिक्षा, खानेपानी र जीवनस्तर तथा आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले ‘सिद्धिको विकासमा एक कदम’ नामक तीन वर्षे परियोजना सुरु भएको हो । 15182335_10207794476680281_247211315_o
चेपाङ समुदायको वाहुल्यता रहेका चितवनका अन्य गाविसमा भन्दा सिद्धीमा धेरै गैरसरकारी संस्थाहरुले काम भएपनि सोचे जस्तो उपलव्धी हासिल भईनरहेको अवस्थामा यसरी पहिलो पटक भिन्न शैलीको पुथक परियोजना सुरु भएको हो । 15184061_10207794477960313_1610287299_oजुन कार्यक्रमबाट त्यहाँका चेपाङ समुदायको विकास हुने विश्वास गरिएको छ ।
पर्यटकीय नगरी सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले सिद्धि गाविसको नौ वटै वडामा एक वर्षको सर्वेक्षण पछि सो कार्यक्रम सञ्चालन गर्ने गरि एक औपचारिक कार्यक्रमका विच सुरु गरिएको छ । 15205794_10207794477400299_5853318_o
परियोजनाको एक कार्यक्रमका विच जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत रामहरी न्यौपानेले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले सिद्धिमा विभिन्न संघसंस्थाले वर्षेनि १० करोड रुपैयाँको बजेट खर्च गर्ने गरेको भएपनि उपलब्धी शून्य जस्तै भएको बताए ।
गैरसरकारी संस्थाहरुले कार्यक्रमको लागि ठूलो धनराशि खर्च गर्ने गरेको भएपनि त्यसको प्रभाव न्यून भएकालेले यसको अनुगमनमा स्थानीय व्यक्तिहरु खटिनुपर्नेमा न्यौपानले जोड दिए ।15145200_10207794476600279_117052291_o
साथै उनले सिद्धिमा १० करोड भन्दा बढिको बजेट भएपनि कार्यक्रमहरु पारदर्शी हुन नसकेको बताए । इम्प्याक्टले सिद्धिको विकासको लागि भन्दै साढे तीन करोड रुपैयाँको लागि बजेट पनि सार्वजनिक गर्दै तीन बर्षमा स्वास्थ्य, शिक्षा र खानेपानीमा सिद्धिका जनतालाई सुविधा दिने उद्देश्यले काम सुरु गरेको जनाएको छ । 15183894_10207794476640280_1223972003_o
१० वर्ष अगाडि स्वास्थ्य शिविर लिएर सिद्धिमा पुग्दा त्यहाँका जनतालाई कपडा मात्र बाँडिने गरेको पाइएकोले त्यहाँ पुगेर सहयोग गर्नको लागि आफूलाई कार्यक्रम बनाउन उत्प्रेरणा मिलेको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । ‘सिद्धिका लागि धेरै बजेटहरु आए गुरुयोजनाको त्यति सफल भएका छैन्, कार्यक्रम उद्घाटनमा बोल्दै उनले भने, यो समृद्ध सिद्धि बनाउने अभियान हो ।
त्यहाँका बासिन्दाहरुलाई माछा मारेर खुवाउन भन्दा पनि माछा मार्न सिकाउने सोचका साथ आफूहरुले कार्यक्रम सुरुआत गरेको गिरीको भनाइ छ ।
नेदरल्याण्डमा रहेको फेमी फाउन्डेसनसँगको सहकार्यमा पेरुमा गरिएको विकासको नमुनाको आधारमा सिद्धिमा कार्यक्रम सञ्चालन गरिएको गिरीको भनाई छ ।
स्थानीय जनताहरुलाई प्रतिष्पर्धाको आधारमा पुरस्कृत गर्दै जाँदा उनीहरुमा जागरण आउँदै आफ्नो विकासको लागि अग्रसर गराउँदै जीवनमा परिवर्तन ल्याउन सकिने हिसाबले कार्यक्रम सञ्चालन गरिएको गिरीको भनाइ छ ।
प्रतिष्पर्धामा भाग लिनको लागि घरमूली महिला हुनुपर्ने, महिला प्रमुख भएर कार्यक्रममा भाग लिनुपर्ने, बताउँदै संस्थाले अन्तर घर, अन्तर वडा, अन्तर स्वास्थ्यकर्मी, अन्तर विद्यालयलगायतका प्रतियोगितामा पुरस्कार वितरण गरिने वोर्ड सदस्य डाक्टर कृष्ण पौडेलले बताए ।
विगतमा करोडौँ रकम ती समुदायको उत्थानको लागि आएपनि उनीहरुको जिवनस्तरमा परिर्वतन नआएपछि प्रतियोगितात्मक तवरले त्यहाँका समुदायको आर्थिक परिर्वनत तथा बानि व्यवहारमा सुधार ल्याउन परियोजना सफल हुने संस्थाका सदस्य नारायण वनले बताए ।
बजेटको पचास प्रतिशत रकम बढि शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको प्रतिशप्रधाका लागि खर्च गरिने सपना भिलेज सोसियल इम्प्याक्टका प्रोजेट म्यानेजर सुजन बस्नेतले जानाकारी दिए ।
उनले सिद्धि बासीको आनीवानी सुधारका लागि बजेट बढि खर्च गरिने बताए ।
साथै उक्त रकमले खानेपानी, स्वास्थ्य चौकीको चार वटा कोठे भवन निमार्ण, शौचालय, सामाजिक भावनहरु बन्ने छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले चितवनमा हालसम्म पाँच वटा गाविसमात्र पूर्ण खोप घोषणा भएकोले सिद्धि गाविसलाई पूर्ण खोप गाविस बनाउन आफूले सहयोग गर्ने बताए ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्र गैडाकोटको सर्वेक्षण २०७३ अनुसार सिद्धि गाविसमा चार हजार ६ सय ५२ जनसंख्या रहेको छ । जसमा सात सय १५ घरधुरी रहेका छन् । उद्धघाटन सत्रसँगै सांस्कृतिक माहैल पनि सिर्जना गरिएको सो कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो । जसमा गायक लोक गायक मिलन लामा, गायक रमेश राज भटराई, स्थानिय गायक गणेश चेपाङलगायतले दर्शकलाई आ भरपुर मनोरंजन दिलाएका थिए । –