थुम्सीमा होटल जयश्री सञ्चालनमा

नवलपरासी ०७ मंसिर । गैंडाकोट ९ थुम्सीमा रहेको होटल जयश्रीले आजबाट सेवा शुभारम्भ गरेको छ ।होटल जयश्रीको आज एक औपचारिक समारोहकाबीच गैंडाकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले उद्घाटन गरेकाहुन् । sauraha Onlineअष्टे«लियामा होटल म्यानेजमेन्ट अध्ययन गरेर आएका भरतपुर चितवनका शुसिल पण्डितले हाइवे होटलमा नयां सोचका साथ होटल जयश्री सञ्चालनमा ल्याएकाहुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी अधिकृत नेपालले गैंडाकोट क्षेत्रमा हाइवेमा स्तरीय होटलको अवधारणालाई होटल जयश्रीले पुरा गर्ने विश्वास व्यक्त गरे ।रोजगारका लागि दैनिक विदेशिने युवाको अधिक संख्यामा देशकै दोस्रो नम्बरमा पर्ने नवलपरासी जिल्लामा स्तरीय होटल सञ्चालनले रोजगारको सम्भावनालाई पनि उजागर गरेको उनले बताए ।अन्तराष्ट्रिय शिक्षा र सीपलाई स्वदेशमा प्रयोग गर्ने युवाको खा“चो रहेको भन्दै होटलको सफलताको कामना गरे । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उद्यमीलाई हतोत्साही बनाउने देशको वातावरणका बावजुत उद्योग क्षेत्रको विकासका लागि अग्रसर मनहरु एकजुट हुन जरुरी रहेको बताए । उद्यमीहरुलाई भारतीय नोटको प्रतिवन्द लगत्तै परेको समस्यामा नेपाल राष्ट्र वैंक तथा वाणिज्य वैंकले समेत विना योजना जारी गरेका सुचनाले समेत नकारात्मक असर पुगेको उनले टिप्पणी गरे । विदेशमा आर्जन गरेको शिक्षा र सीपलाई स्वदेशमा प्रयोग ल्याउने जमर्को निकै प्रेरणादायी रहेको समेत उनले सो अवसरमा जोड दिए ।कार्यक्रममा होटल जयश्रीका संरक्षक चोलेन्द्र पण्डितले शैक्षिक पृष्ठभूमिको पारिवारिक माहोलका बीच नयां व्यवसायमा कदम राख्दै गर्दा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए । करिव एक करोडको लगानीमा निर्माण गरिएको होटल हाइवेमा स्तरीय खाना र सेवामा समर्पित रहने सञ्चालक शुसिल पण्डितले बताए ।पारिवारिक यात्राको क्रममा आफैंले समेत हाइवेहरुमा स्तरीय होटलको अभाव देखेपछि नयां सोचका साथ काम गर्ने जोश आएको उनले बताए ।गैंडकोटको थुम्सी क्षेत्रमा थुपै्र होटल व्यवसाय सञ्चालनमा रहेपनि आफुहरुले नयां अवधारणाका साथ सेवा सुरु गरेको उनको दावी छ ।पारिवापरिक जमघट,पारिवारिक तथा व्यवसायीक यात्रा , मिटि· तथा सेमिनारलाई लक्षित गर्दै सञ्चालनमा आएको होटल जयश्रीको बाहिरी स्वरुप,सजावट,वगैंचा तथा पार्की· सुविधाले आगन्तुकलाई लोभ्याउने क्षमता राखेको उनले जोडे ।सञ्चालक सदस्य मेनका पण्डितले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा स्थानिय समाजसेवी,व्यवसायी,बौद्धिक वर्ग ,पत्रकार एवम् सञ्चारकर्मीको सहभागिता थियो ।