चितवनमा  रियल स्टेट र हाउजिङको अनुगमन

चितवन, मंसिर ०७ । जिल्ला प्रशासन कार्यलय चितवनले सोमबार मालपोत कार्यलय, नापी शाखा कार्यलय, हाउजिङ कम्पनिहरु तथा लेखनदासहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यलय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।housing_anugaman

अनुगमनका क्रममा ३३ वटा हाउजिङ कम्पनिको निरिक्षण गरिएकोमा २ वटा दर्ता नभएको पाइएको र जसमा ए एस रियल स्टेट एण्ड हाउजिङ कम्पनि र मोनालिसा डेभलमेन्ट प्राइभेट लिमिटेडलाई बन्द गरिएको जिल्ला प्रशासन कार्यलय चितवनका बजार संरक्षण अधिकृत शर्माले जानकारी दिनुभयो ।

लाईसेन्स नलिईकन लेखनदास काम गरेका २ महिला सहित १० जनालाई कारबाही गरिएको साथै मालपोत कार्यलय, नापी शाखा कार्यलयलाई भुमी सम्बन्धी मापदण्ड लागु गर्न निर्देशन दिईएको जिल्ला प्रशासन कार्यलय चितवनका बजार संरक्षण अधिकृत शर्माले बताउनुभयो ।

अनुगमन टोलीमा प्रहरी कार्यलयका प्रतिनिधी, उपभोक्ता मंचका प्रतिनिधी , पत्रकार लगायतको सहभागिता रहेको थियो ।