मा मनकामना बचत तथा श्रण सहकारीको ७ औ वार्षिक साधारण सभामा

चितवन, मंसिर । सहकारीको बिकाश गर्न सके गरिबि निवारणमा ठुलो टेवा पुग्ने सहकारी कर्मीहरुले बताएका छन् । सानो सानो पुजी संकलन गरि त्यसबाट उद्धोग स्थापना गर्न सके त्यसले रोजगारी प्रवधन हुने र मानिसमा बचतको बिकस संगै आर्थीक आय आर्जनमा टेवा पुग्ने भन्दै उनिहरुले यस्तो बताएका हुन् ।

श्री मा मनकामना बचत तथा श्रण सहकारी संस्था नारायणगढको ७ औ वार्षिक साधारण सभामा बोल्ने सहकारीकर्मीहरुले सहकारीको बिकासलेनै गरिव र उपेक्षित समुदायको बिकासमा टेवा पुग्ने बताए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका सञ्चालक समिति सदस्य नवराज सापकोटाले गाउगाउमा सहकारी घरघरमा भकारी भन्ने नारालाई चरितार्थ गर्न सहकारीहरुले सहकारी सदस्यकै जिवन स्थर उकास्ने कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो ।ma_manakamana_sahakari

पुजी बजार तथा बित्तिए संस्थामा भएको धनाड्यहरुको एकाधिकारको अन्त्य गर्न सहकारीको अवधारणा बिकास भएको र सोही अवधारणा अनुरुप सहकारी मार्फत धनि र गरिव बिचको खाडल पुर्न सहकारीले अभियान थाल्नु पर्ने उहाबताउनु हुन्छ । कार्यक्रममा संस्थाका सचिव खुमप्रसाद पौडेलले बार्षीक निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने लेखा समिति संयोजक डा. इस्वरी प्रसाद ढकालले आर्थीक प्रगती प्रस्तुत गर्नु भएको थियो ।

सहकारीले रकम संकलन संगै सेयर सदस्यको आर्थीक र सामाजिक स्थरमा बिकासका कार्यक्रम , उनिहरुका लागी सुलभ दरमा ऋण लगानी ,रोजगारी प्रवद्धन कार्यक्रम गर्दै आएको सहकारकिा अध्यक्ष ज्ञानेन्द्रमान साक्यले बताउनु भयो । उहाका अनुसार संस्थाले करिव ४ सय भन्दा बढिलाई रोजगारी प्रवर्धन गरिसकेको छ भने क्षेत्रबिस्तारका लागी पनि कामहरु थालिरहेको छ । आगामी एक वर्ष भित्र भरतपुरको २९ वटै वडामा क्षेत्रबिस्तार गर्ने योजना रहेको उहाले जानकारी दिनु भयो ।

५८ सालमा स्थापना भएको सहकारीमा ७ सय १५ सेयर सदस्य रहेका छन् । कार्यक्रममा सञ्चालक समिति सदस्य शिला शर्मा, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड चितवनका सचिव विद्या कोइराला, जिल्ला सहकारी संघ चितवनका वरिष्ठ सदस्य शंकरराज राज भण्डारी, लगायत बिभिन्न टोल सुधार संस्थाका अध्यक्षहरु, सेवाकेन्द्रका प्रमुखहरुले आफनो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थापना कालदेखी यहासम्म आइपुग्दा संस्थालाई माया गर्ने सेयर सदस्यहरु,असल कारोबारी कर्ता,एस एल सिमा उत्कृष्ठ हुने सेयर सदस्यका छोराछोरी,जेष्ठ शेयर सदस्य लगायतलाई मायाको चिनो तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।