विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

खैरहनी, ०७ मंसिर । खैरहनी नगरपालिका १० मा रहेको कपिया उच्च माविमा अध्ययन गर्ने दुई जना विपन्न तथा जेहेन्दार समुदायका विद्यार्थीहरुलाई चितवनको एक संस्थाले शैक्षिक समाग्री सहयोग गरेको छ । गरिवीका कारण पठन पाठनमा समस्या परेको जानकारी पाएपछि चितवनको हाम्रो अभियान संस्थाले कक्षा ९ र १० मा अध्ययन गर्ने विशाल पौडेल र सरस्वती पौडेललाई शैक्षिक समाग्री सहयोग गरेको हो । संस्थाले एक बर्षको लागि आवश्यक पर्ने कपी,कलम,ज्यामेट्रिबक्स,झोला,क्याल्कुलेटर,विद्यालय पोशाक,जुत्ता,स्वयटर, सहयोग गरिएको संस्थाका अध्यक्ष सुजन अर्यालले जानकारी दिनुभयो ।hamro-ayana कार्यक्रमका प्रमुख अतिथि मेगा पोलिक्लिनिक प्रा.लिका सञ्चालक विनोद नेपाल र संस्थाका अध्यक्ष अर्यालले विद्यार्थीहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । सो अबसरमा विद्यालका प्राचार्य नन्दकिशोर चौधरीले आर्थिक अभाबका कारण पठन पाठनमा समस्यामा परेका दुई विद्यार्थीहरुलाई हाम्रो अभियान संस्थाले सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा अभियानका सदस्य सञ्जय चौधरीले संस्थाले गरेका अहिले सम्मका कार्यहरुको प्रगती,उपलव्धी,लक्ष्य र उद्धेश्यका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले एम्वुलेन्स खरिद प्रक्रिया अगाडी बढाएको संस्थाका अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

.