चितवनका एसपी कुवँरको सरुवा, दीपक थापा चितवन आउने

चितवन, मंसिर ५ । जिल्ला प्रहरी कार्याल चितवनका प्रहरी उपरीक्षक (एसपी) बसन्तबहादुर कुवँरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आज (आइतबार) एक वर्ष कार्यावधि पुगेका ५९ जना एसपीहरूको सरूवा गरेकोमा एसपी कुवँर पनि पर्नु भएको हो ।basanta-kuwan

चितवनमा अब अख्तियारको मध्यपश्चिम क्षेत्रीय कार्यालयमा रहनु भएका एसपी दीपक थापा आउनु हुने भएको छ । चितवनका एसपी कुवँर भने पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा सरुवा हुनु भएको छ ।

एसपी कुवँर चितवनमा रहँदा सम्म राम्रो छवी बनाउनुभएको छ ।

उहाँले जिल्ला प्रहरी कार्यालयको मुहार परिवर्तन गर्नेदेखि लिएर जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउनमा महत्वपूर्ण भुमिका रहेको छ । पछिल्लो समय चितवन आउने गरेका सबै एसपीहरुले जिल्लाको शान्ति सुरक्षालाई मजबुद पार्ने गरेका छन् ।

यस्तै प्रहरी प्रधान कार्यालयमा रहनु भएका गोविन्द शाहको जिल्ला प्रहरी कार्यालय पर्सा, कास्कीका एसपी बसन्त लामाको मकवानपुर सरूवा भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत एसपी दिवेश लोहनीको भने सप्तरी सरूवा भएको छ। उहाँ चितवनमा रहदाँ उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका समेत उनी पुरस्कृत हुनुभएको थियो ।

.