खेर गएको तेलबाट डिजेल उत्पादन

चितवन, मंसिर ५ । चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत एक युवाले खेर गएको तेलबाट वायो डिजल उत्पादन गरेका छन् । विज्ञान संकाय अन्तर्गत स्नातक चौथो वर्षमा क्यामेष्ट्रि पढ्दै गरेका गरेका युवा गणेश लामिछानेले वायो डिजल उत्पादन गरेका हुन् ।disel_utpadan-1024x576

होटल तथा रेष्टुरेन्टमा खाना पकाएर बाँकी रहने तेललाई विभिन्न केमिकलहरु मिश्रण गरेर रसायनिक प्रतिकृया गराएर लामिछानेले वायो डिजल उत्पादन गरेको बताएका हुन् । आइतबार क्याम्पसमा पत्रकार सम्मेलन आयोजना गरि लामिछानेले बनाएको वायो डिजल सार्वजनिक गरेका हुन् ।

विभिन्न होटल तथा खाद्य पदार्थ उत्पादक कम्पनीमा प्रयोग भएको तेल पटक पटक प्रयोग गर्दा मानव स्वास्थ्यलाई असर गर्ने भएकोले त्यस्ता तेललाई उपयोग गर्दै वायो डिजल उत्पादन गर्न सकिने लामिछानेले बताए । एक पटक प्रयोग भैसकेको तेललाई पुनः प्रयोग गर्दा क्यान्सर लाग्ने, कोलेस्टोरोल बढ्ने मुटुको भल्ब बन्द हुन जस्ता समस्या देखिने भएकाले त्यस्ता तेलहरुलाई वायो ग्यासका रुपमा प्रयोग गर्दा मानवीय स्वास्थ्यमा समेत असर नगर्ने र इन्धन आपूर्तिमा समेत सहजता हुने लामिछानेको भनाइ छ ।

खेर जाने तेलबाट विभिन्न केमिकलहरु मिलाएर तयार पारिने वायो डिजलको मूल्य प्रति लिटर ४२ रुपैयाँ भन्दा बढी नपर्ने लामिछानेले बताए । विभिन्न होटल, रेष्टुरेन्ट, वनभोज खाने ठाउँ, आलु चिप्स उत्पादक कम्पनी, तेल उद्योग, चाउचाउ उद्योगमा प्रयोगपछि खेर जाने तेललाई सदुपयोग गर्न सकेमा वायो डिजल बनाउन सकिने भएकाले नेपाली मुद्रा विदेशीनबाट रोक्न सकिने लामिछानेले बताए ।

कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख अर्जुन सापकोटाले काम गर्ने विद्यार्थीहरुलाई क्याम्पसले प्रोत्साहन गर्ने बताए । यस्ता विद्यार्थीहरुको सीप र ज्ञानलाई राज्यले प्रयोग गर्दै देशलाई पेट्रोलिम पदार्थ उपभोगमा आत्मनिर्भर बनाउनुपर्नेमा सापकोटाले जोड दिए ।

– See more at: http://halkaro.com/2016/11/3604#sthash.kSlHq1w7.dpuf