सावरी साधनमा बालश्रम मुक्त गर्ने अभियान सुरु

चितवन, मंसिर ५ । जिल्ला ट्राफिक प्रहरि कार्यालय चितवनको अगुवाइमा चितवन जिल्ला भित्र चल्ने सवारी साधनहरुमा बालश्रम मुक्त घोषणा गर्ने अभियान सुरु भएको छ । आइतबार २६ आँै अन्तराष्ट्रिय बाल दिवसको अवसरमा ट्राफिक प्रहरी कार्यालय, भरतपुर उपमहानगरपालिका, जिल्ला बाल कल्याण समिति, यातायात व्यावसायी, सामुदायिक सेवा केन्द्र, महिला तथा बालबालिका कार्यालय लगायतका सरोकारवाला संघ संस्थाहरुको संयोजकत्वमा जिल्लामा चल्ने सार्वजनिक सवारी साधनलाई बालश्रम मुक्त घोषणा गर्ने अभियानको थालिएको हो ।bal_shram_muktha_traffice

आइतवार एक औपचारिक कार्यक्रम गरि सवारी साधनमा बालश्रममुक्त स्टीकर टांस्ने, पर्चा पम्पप्लेटिङ गर्ने, विभिन्न यातायात व्यावसायीहरुलाई पत्राचार गर्ने, सम्बन्धित तथा सरोकारवाला निकायहरुसंग समन्वय गरि यस अभियानको लागि पहिलो चरण अन्र्तगतको काम सुरु भएको प्रमुख प्रहरि निरिक्षक राजन भेटवालले जानाकारी दिनुभयो ।

यसपछि अर्को साताबाट सवारी साधनमा अनुगमन तथा तथ्यांक संकलन लगायतका कामहरु गरिने उहांले बताउनुभयो । यसैगरि, औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समितिका अध्यक्ष विनोद प्रकाश सिंहले बालबालिकाले उनीहरुका अधिकार पाउने वातावरण बनाउन सबै जना लागि पर्नु पर्ने बताउनुभयो ।

.