‘टाढाको माया–२’ विशेष प्रदर्शन

चितवन, ०५ मंसिर । नेपाली कथानक चलचित्र ‘टाढाको माया–२’ को शनिबार नारायणगढमा विशेष प्रदर्शन गरिएको छ । बुढीगण्डकी फिल्म्सको ब्यानरमा निर्मित चलचित्र ‘टाढाको माया–१’ नारायणगढको नारायणी कला मन्दिरमा विशेष प्रदर्शन गरिएको हो ।ddd dd

भूकम्पपछि सिर्जना भएका समस्यालाई मुख्य कथावस्तु बनाइएको चलचित्र हेर्न भरतपुर, नारायणगढसहित रामपुर, शारदानगर, मंगलपुरलगायत चितवनका विभिन्न ठाउँहरुबाट दर्शकहरु आएका थिए । दर्शकहरुले भरिभराउ कला मन्दिरमा उनीहरुले कलाकारहरुको साथमा चलचित्र हेरेका हुन् ।

चलचित्र हेरिसकेपछि दर्शकहरुले कलाकारहरुलाई चलचित्र राम्रो भएको प्रतिकृया दिएका थिए । प्रितम गुरुङ निर्देशित चलचित्रमा आइतराम गुरुङ, बीरबल घले, बबिता गुरुङ, सोनिया गुरुङ, गोविन्द प्रभातलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा आइतराम गुरुङले लगानी गरेका हुन् । चलचित्रको चितवन, गोरखा, तनहुँ, नवलपरासीलगायतका जिल्लाहरुमा छायाँकन गरिएको हो ।