वडा नं. ९ बाल श्रम मुक्त वडा घोषणा

 

चितवन, ०५ मंसिर । भरतपुर उपमहानगरपालिकाको वडा नं. ९ बाल श्रम मुक्त वडा घोषणा भएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारी भरतपुर उपमहानगरपालिकाको वडा नं. ९ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो । बाल अधिकारको संरक्षण गरौं, बालश्रम मुक्त समाजको निर्माण गरौं भन्ने नारा सहित कार्यक्रमको आयोजना गरिएको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्दै अन्य वडाहरुले पनि ९ नं. बाट धेरै कुराहरु सिक्नुपर्ने बताएका छन् ।15095113_1613806822262401_2421357825983179329_n
बालबालिकाहरुलाई श्रममा भन्दा शिक्ष्ाँमा जोड गर्नुपर्ने बताउंदै प्रजिअ सिंहले छिट्टै अन्य वडालाई पनि बालश्रम मुक्त वडा घोषणा गर्दै समग्र चितवनलाई नमुना जिल्लाको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
बलबश्रम मुक्त वडा घोषणा, मुल आयोजक समिति भरतपुर ९, भरतपुर उपमहानगरपापिलका, जिल्ला बाल कल्याण समिति, भरतपुर, युनिसेफ नेपाल, दियालो परिवार नारायाणगढ, लगायतका संघ संस्थाहरुको आयोजनामा भरतपुरको वडा नं. ९ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।
सो अवसरमा विभिन्न महिला तथा आमा समूह, ९ नं. वडाका विभिन्न विद्यालयहरु, नागरिक समाज, विभिन्न राजनितिक पार्टीका प्रतिनिधि, लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।15178111_1613806852262398_3065716397963992880_n
बालबालिकाहरुलाई श्रमबाट मुक्त गर्न सकियो भने समुन्नत समाजको निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यले वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।
कार्यक्रममा भरतपुर उपमहानगरपालिकाका प्रमुख महेश बराल, महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेल, विभिन्न राजनितिक पार्टीका नगर तथा वडा प्रमुख, लगायतले बोलेका थिए ।
सो अवसरमा ¥यालीको समेत आयोजना गरी ९ नं. वडाका विभिन्न स्थानहरु परिक्रमा गर्दै बालश्रम विरुद्धका सन्देशहरु समेत प्रवाह गरिएको थियो । कार्यक्रम वडा नागरिक मञ्च वडा नं. ९ का अध्यक्ष्ँ दिपक राज खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।