यसवर्ष ‘खिचरा महोत्सव’ सात दिन हुने

चितवन, मंसिर ४ । थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले आयोजना गर्ने ‘खिचरा महोत्सव’ यसवर्ष एक साता हुने भएको छ ।
आज पूर्वी चितवनको खैरहनीमा भएको बैठकले यही पौष २८ गतेदेखि माघ ५ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष नारायणप्रसाद महतोले जानकारी दिनुभयो । kicharaमहोत्सव सफल पार्न ३०१ सदस्यीय समिति समेत गठन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

खिचरा महोत्सव यसवर्ष चौथो सँस्करणको रुपमा आयोजना हुन लागेको हो ।

थारु समुदायको महान् चाड खिचरा (माघी)को अवसरमा तीन वर्षअघि देखि प्रत्येक वर्ष यो महोत्सव आयोजना हुँदै आएको छ । यसवर्ष पनि खैरहनी उच्च माविको प्राङगणमा महोत्सव हुने आयोजकले जनाएको छ ।