चित्रवन सहकारीले २० औं वार्षिकोत्सव मनाउदैँ

चितवन, ०४ मंसिर । चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर ७ ले साताव्यापी कार्यक्रमहरुको आयोजना गरी आफ्नो २० औं वार्षिकोत्सव मनाउने भएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी यस सहकारीले वार्षिकोत्सवको अवसरमा आयोजना गरिने कार्यक्रमहरु बारे जानकारी गराएको हो । मंसिर ३ गते पत्रकार सम्मेलनसंगै सुरु भएको साताव्यापी कार्यक्रम अन्तर्गत ३ गतेदेखी ९ गतेसम्म सांझ संस्थाको भवनमा दिपावली कार्यक्रमको आयोजना गरिएको छ । 15032743_1627105570648375_5410792025772250567_n

मंसिर ४ गते संस्थाका बाल बचतकर्ताहरु भेला, ¥याली तथा विभिन्न खेलकुद कार्यक्रमहरुको आयोजना गरिने संस्थाका उपाध्यक्ष्ँ सन्तबहादुर गुरुङले जानकारी दिएका छन् । यस्तै, मंसिर ५ गते  वातावरण सरसफाई कार्यक्रम, मंसिर ६ गते संस्थाको सेवाकेन्द्रमा सदस्य विस्तार, घरदैलो तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

मंसिर ७ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना बिरामीहरुलाई फलफुल वितरण कार्यक्रमको आयोजना गर्ने जनाएको संस्थाले ८ गते देवघाटधाममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यस्तै, साताव्यापी कार्यक्रमको अन्तिम दिन ८० वर्ष उमेर पार गरेका जेष्ठ नागरिकहरुलाई सम्मान, खुल्ला रक्तदान कार्यक्रम तथा विभिन्न कार्यक्रमका पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिने संस्थाका अध्यक्ष्ँ भुवन आचार्यले जानकारी दिएका छन् ।

आचार्यका अनुसार सामाजिक क्रियाकलापहरुलाई पनि संगै अगाडी बढाउने उद्देश्यले संस्थाको वार्षिकोत्सवको अवसर पारी विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरुको आयोजना गर्न लागिएको हो । हाल यस चित्रवन बचत तथा ऋण सहकारी संस्थामा २ हजार ७ सय ४० जना सदस्यहरु आवद्ध छन् । जस अन्तर्गत १ हजार ५ सय ४६ जना महिला सदस्यहरु छन् ।

वि.सं. २०५३ साल मंसिर ९ गते स्थापना भएको यस सहकारीको शेयर रकम २ करोड ६९ लाख ६३ हजार ५ सय रुपैंया रहेको छ । यस्तै, बचत रकम १६ करोड ५२ लाख ८४ हजार रुपैंया रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । पत्रकार सम्मेलन संस्थाका अध्यक्ष भुवन आचार्यको अध्यक्ष्ँतामा सम्पन्न भएको होे ।