माडीमा घरहरुमा ग्राउण्ड सिष्टमबाट विद्युत् प्रसारण, स्थानियहरु खुसी (भिडियो र तरस्वीरसहित)

राजेन्द्र आचार्य
चितवन, ०४ मंसिर । चितवनको ग्रामिण भेग माडीमा पहिलो पटक अन्डर ग्राउण्ड सिष्टमबाट विद्युत् प्रसारण गरिएको छ । घरमा विद्युत आएसगैँ यहाँ स्थानियहरु खुसी समेत भएका छन ।
२०६६ सालबाट साविक माडीको ४ वटा गाविसलाई लक्षित गरि विद्युत वितरण गर्न काम सकिएसगैँ १ सय बढी घरलाई विजुली बाल्न दिएपछि माडीका घरहरु विजुली बाल्न थालेको हो ।
माडीको वसन्तपुरमा भरतपुर–माडी ३३ केभिए प्रसारण लाईन तथा ग्रामीण विद्युत आयोजनाबाट सुरु विद्युत प्रसारणको एक समारोहका विच उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले उद्धघाटन गरेका थिए । यसअघि गएको जेठमा माडी नगरपालिका अगाडीको टान्सफर्म र रमाईलो डाँडाको टान्र्सफममा १ एक वटा वत्ती बालेसंगै माडीबासीले विजुली बालेका थिए । भने २०७२ सालको माघमा माडी पहिलो पटक विद्युत् परिक्षण सफल भएकोमा अन्डर ग्राउण्ड सिष्टम केहि समस्या आएपछि यति लामो समयपछि विद्युत् घरमा पुगेको हो ।
सो अवसरमा बोल्दै मन्त्री माडठीका सबैघरमा विद्युत् पु¥याउन ५० लाख विनियोजन गरेको जानकारी दिदै आवश्यक रकम नपुगे माग गर्न निर्देशन दिए । उनले जनताको सहयोग र विद्युत्त प्राधिकरणको नया नेतृत्वको आटका कारण काठमाण्डौलाई लोडसेडिङ मुक्त पार्ने अभियान सफलतातर्फ अगाडि वढीरहेको वताए । आफुले विभिन्न समय र खसगरी मन्त्री भएलगत्तै गरेको अध्ययनमा विद्युत्तमा ठूलो गिरोह सक्रिय रहेकोलेले सो को अन्त्यका लागि आफुले कदम चालेको उहाले वताए । मन्त्रीभएलगत्तै प्राधिकरणको पुरानो नेतृत्वमा पनि समस्या देखेपछि परिवर्तन गर्न आग्रह गरेकोमा सरकारले त्यसलाई स्विकार्नु नै वर्तमान सरकार पनि लोडसेडिङ अन्त्यका लागि प्रतिवद्ध रहेको मन्त्री शर्माको भनाई थियो ।अन्य जिल्लाहरुमा पनि यो प्रयाश जारी रहेकोले केही महिनामै नया अध्याय जनताले स्पष्टसंग देख्ने उनको भनाई थियो ।
नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयले सञ्चालन गरेको यो परियोजना अन्तर्गत माडीमा विद्युतीकरणको काम २०६६ सालबाट सुरु भएकोमा आयोजनाले नेपाल विध्ुात प्राधिकरण भरतपुर शाखालाई हस्तान्तरण गर्दै माडीका घरहरुमा समेत विजुली बालेको प्राधिकरण भरतपुर शाखाका प्रमुख ई।रामदुलाल यादवले जानकारी दिए ।
११ हजार भोल्टको प्रसारण लाईनबाट २ वटा फिडर मार्फत वितरण गरिने विजुलीको लागि माडी क्षेत्र भरि २४ वटा टान्र्सफर्म जडान गरिएको छ । विद्युततार विस्तारको कार्य, पोल मिलाउने, टान्सफर्ममा कनेक्सन मिलाउने, र तारमा छोएका रुखहरु काट्ने लगायतका कार्य सकिएपछि गएको असोज ८ गतेबाट सरकारी कार्यालय हुदै माडीवासीका गरि हालसम्म एक सय जनाकोमा विद्युत वितरण गरिकेको केन्द्रका सुपरभाईजर आन्नद कुवँरले जानकारी दिए ।
अहिलेसम्म विद्युत् बाल्ने आशा बोकेर बसेका उपभोक्ता यो वर्षदेखि भने उपभोग गर्न पाउने भएपछि खुसी भएको स्थानीय सूर्य पाठकले बताए । उनी मात्रै होईन माडीकै सुभ्रदा काफ्ले माडीका सबै घरमा विद्युत् पु¥याउन सकेमात्रै माडी उज्यालो बन्ने बताईन् ।
चितवनको सदरमुकाम भरतपुरबाट करिब ४० किमी दक्षिणमा माडी नगरपालिका पर्छ । यो क्षेत्र जान चितवन निकुञ्ज पार गरेर जानुपर्ने भएकाले अहिलेसम्म विद्युत् बाल्न नसकेको हो । अहिले निकुञ्जमा करिब आठ किमीमा जमिनमुनिबाट तार लगिएको ई। दुलाले बताए ।
विगतका समस्यालाई समाधान गरेर विद्युत् माडी र्पुयाइएको चितवनका विद्युत् इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । भरतपुर–माडी ३३ केभी ग्रामीण विद्युतीकरण आयोजना र चनौली–जगतपुर ३३ केभी विद्युतीकरण आयोजनाले यहाँ काम गर्दै आएको थियो ।
अहिले माडीको एक तिहाइ क्षेत्रमा पोल गाडेर तारसमेत टाँगिसकेको छ । पहिलो चरणमा पोल गाडेको क्षेत्रमा पनि विद्युत् प्रवाह गरिएको केन्द्रले जनाएको छ ।