रत्ननगरमा कर दाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम

चितवन, ०४ मंसिर । पा“चौ कर सप्ताहा २०७३ अन्र्तगत तेस्रो दिन आन्तरिक राजश्व कार्यालय, चितवनको आयोजना र रत्ननगर उद्योग वाणिज्य संघ तथा खैरहनी उद्योग वाणिज्य संघको संयुक्त सह–आयोजनामा करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी व्यवसायी र आन्तरिक राजश्व कार्यालय एक अर्कासंग परास्पर सम्बन्ध रहेको बताउ“दै कर तिर्नु उद्योगी व्यवसायीको कर्तव्य रहेको हुंदा कर समयमै तिर्न आग्रह गर्नुभएको थियो ।bbbbbb

उहा“ले आन्तरिक राजश्व कार्यालयले कर तिर्ने कार्यमा सहजीकरण गर्न अनुरोध गर्दै कुनै समस्याहरु रहेमा त्यसलाई फुकाउने कार्यमा कार्यालय सहयोगी रहनुपर्ने बताउनुभएको थियो । यसै क्रममा उहा“ले पूर्वी चितवन क्षेत्रमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा कर दाखिला गर्ने सुविधा नभएको हुंदा यहा“को उद्योगी व्यवसायीहरु समस्यामा परेको जानकारी गराउनु हु“दै रत्ननगरको शाखामा पनि कर दाखिलाको सुविधाको पहल गर्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा आन्तरिक राजश्व कार्यालय, चितवनका कर अधिकृत राजु वि.कले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु हुंदै कार्यलयको कामलाई अझ प्रभावकारी बनाउ“दै कर प्रति जनताको विश्वास बढाउने र करदाताहरुमा ऐन, कानुन, निति नियम र संसोधनका बारेमा जानकारी सहित कर सम्बन्धी समस्या र जिज्ञाषाहरु समाधान गराउने बताउनुभएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुलाई आय कर तथा मूल्य अभिवृद्धि कर, आय कर ऐन २०५८, दर्ता प्रक्रिया, आय विवरण, कर रकम, नेपाल राजपत्रमा उल्लेख भए बमोजिम सुधार २०७३, कर विजक, खरिद खाता विक्री खाता, कारोबारको अभिलेख लगायतका विषयहरुमा कर अधिकृत राम प्रसाद सुवेदीले जानकारी गराउनुभएको थियो । यसै गरि खुल्ला छलफल मार्फत सहभागीहरुको समस्या तथा जिज्ञासाहरुको समाधान गरिएको थियो ।
रत्ननगर उद्योग वाणिज्य संघ तथा खैरहनी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु, पदाधिकारी एंव कार्य समिति सदस्य, सल्लाहाकार लगायत पूर्वी चितवनका उद्योगी व्यवसायीहरु उपस्थित रहेको कार्यक्रममा खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठले उद्योगी व्यवसायीहरु र कर कार्यलय विचको सम्बन्ध सुधार्नको लागि कर कार्यालय र संघहरु विच सहकार्य गर्न आवश्यकता रहेको बताउ“दै कर तिर्ने कार्य आफ्नो कर्तव्य महशुस गरि कर तिर्न आग्रह गर्नुका साथै आगामी दिनहरुमा पनि व्यासायीहरुको सक्रिय सहभागीताको आग्रह सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।