“भेट्ने भए आउ है साथी इच्छाकामना मेलैमा “

विनोद श्रेष्ठ
चितवन, मंसिर २ ।  चितवनको चण्डिभञ्ज्याङ्ग गा.वि.स. अन्तरगत रहेको इच्छाकामना माईको मन्दिर परिषरमा मंसिर ३ गते परेको पञ्चमिको दिन भब्य मेला लाग्ने भएको छ । अन्नुर्ण युवा क्लब तोक्दाङ्गको प्रमुख आयोजनामा “राष्ट्रिय कला, सँस्कृति र परम्परा जोगाऔँ, इच्छाकामना पञ्चमी मेला हर्षोल्लासका साथ मनाऔँ” भन्ने मुल नाराका साथ क्लबले विविध साँस्कृति कार्यक्रम सहित यस वर्षको इच्छाकामना पञ्चमी मेलाको आयोजना गर्न लागेको हो । मेला व्यवस्थापनका संयोजक सचिव कुम बहादुर गुरुङ्गले मेलाको लागि सम्पुर्ण तयारी गरीसकेको बताउदै मेलामा विविध साँस्कृति कार्यक्रम, चुड्का लगायत  स्थानीय कलाकारहरु विषेश प्रस्तुति हुने जानकारी दिनुभयो । उहाँले मेला भोली मंसिर ३ गते शुक्रबार साँझ ८ः३० बजे बाट शुरु भई विहान सम्म जारी रहने जानकारी दिनुभयो ।चण्डिभञ्ज्याङ्गको चिसापानीमा रहेको इच्छाकामना मन्दिरमा भब्बे मेला हुने
पृथ्वी राजमार्गमा पर्ने फिस्लिङ्ग बजारबाट गाडीमा चढेर करिब १ घण्टा ३० मिनेटमा चिसापानीमा पुग्न सकिन्छ भने चिसापानीबाट करिब १५ मिनेटमा पैदल यात्रा पछि मन्दिर पुग्न सकिन्छ ।  गोरखामा रहेको मनकामना माईको ठुलो दिदीको रुपमा समेत पुजिने इच्छाकामना माईको दर्शन गरे मनको इच्छा पुरा हुने जनविश्वास रहेको छ भने यस मन्दिरमा काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, तनहुँ, मकवानपुर, नवलपरासी, लमजुङ्ग, धादिङ्ग लगायतका ठाउँहरुबाट उल्लेखनीय मात्रामा भक्तजनहरु आउने गरेको संयोजक गुरुङ्गले जानकारी दिनुभयो । उहाँले मेलाको दिन मन्दिरमा राँगा, बोका, परेवा, हाँसको अण्डा, कुखुराको भालेको बलिदिने बताउनुभयो ।