डेंगुले चितवनमा एकको मृत्यु

चितवन, ०२ मंसिर । चितवनमा डेंगुका कारण एक बालिकाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका–१ की ११ वर्षिया शीला थापामगरको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । एमआईसीयूमा उपचाररत मगरको मंगलबार राति मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।degu
डेंगु रोग पछिल्लो चरण चितवनमा संक्रमणकोरुपमा फैलिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीकाअनुसार गत भदौदेखि हालसम्म चितवनमा ६२१ जनामा डेंगुको संक्रमण देखिएको छ । यसअघि चितवनमा यो वर्ष फैलिएको डेंगुबाट एकजनाको पनि मृत्यु भएको थिएन । उनकाअनुसार २०७३/०७४ मा डेंगुबाट मृत्यु हुने शीला पहिलो व्यक्ति हुन् ।