नवलपरासीका पहाडी क्षेत्रमा रोकिएन बालविवाह, एक वर्षमा २ सय ३५ जनाको विवाह

भविश्वर पाण्डे

कावासोती, मंसिर २ ।  कानुनले बालविवाहलाई पुर्णरुपमा निषेध गरेको भए पनि नवलपरासी जिल्लामा भने बालविवाह अझै पनि चुनैतीको रुपमा रहेको छ। नवलपरासी जिल्लाका पहाडी क्षेत्रमा आर्थिक अवस्था कमजोर भएको तथा अशिक्षाका कारण जिल्लाको पहाडी क्षेत्रमा बालविवाह पुर्णरुपमा निषेध हुन सकेको छैन।bal-vivah_lig92rgcji

विशेषगरी नवलपरासी जिल्लाको १७ पहाडी गाविस र माझी, मुसहर समुदायमा बालविवाह बढी मात्रामा हुने गरेको सरोकारवालाको भनाइ छ। जिल्लाको तराई क्षेत्रमा पहाडी क्षेत्रको तुलनामा बालविवाह केही कमी आएको पाइएको छ भने पहाडी क्षेत्रको डेढगाँउ, रकुवा, रुचाङ, मैनाघाट, मिथुक्रम, जैवारी, राकाचुली, अर्खला, बुलिङ्गटार, धैवादी, देउराली, हुप्सेकोट, धुर्कोट गाविसमा पहिलेको तुलनामा ठुलो परिर्वतन आउन सकेको छैन।

बालविवाह गर्दा किशोरीहरुको स्वास्थ्य जोखिममा पर्ने गरेको छ। सन् २०१४ को जनवारी देखी सन् २०१५ को मार्चसम्ममा गरिएको एक अध्ययनले नवलपरासीको धैवादी, देउराली र मध्यबिन्दु नगरपालिकाको साबिक तम्सरिया गाविसमा मात्रै एक वर्षको अवधिमा २ सय ३५ जनाले बालविवाह गरेको देखाएको छ। जसअनुसार धैवादी गाविसमा ६५ जना, देउराली गाविसमा १ सय जना र साबिक तम्सरीया गाविसमा ५५ जनाले बालविवाह गरेका हुन्।

सम्पूर्ण नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ का अनुसार ४० प्रतिशत अर्थात् १३ लाख किशोरीको १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करिब साढे ५ लाख किशोरीहरु त १९ वर्ष अगावै आमा बन्ने गरेका छन्।

Promise Education Consultancy