आफैले दिएको निर्देशन पालना नभएपछि प्रधानमन्त्री छलफलमा

चितवन, मंसिर २ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निर्देशन अनुसार विकास निर्माणका काम अघि नबढेपछि सरोकारवालासँग आफैले छलफल थाल्नुभएको छ ।
प्रधानमन्त्री भए लगत्तै दिएका सयौं निर्देशन अलपत्र परेपछि त्यसको कारण खोज्न सम्बन्धित मन्त्रालयका सचिव, विभागीय प्रमुख लगायतलाई बोलाएर त्यसको कारण खोज्न थाल्नुभएको हो ।
नागरिकको प्रत्यक्ष सरोकार रहेका, ठूलो लगानी रहेका र राज्यको उच्च प्राथमिकतामा रहेका काममा पनि भने जस्तोगरी काम हुन नसकेपछि प्रधानमन्त्री दाहालले सिंहदरबारमा रहेको आफ्नो कार्यकक्षमै सरोकारवालालाई बोलाएर किन काम हुन नसकेको हो भनेर सोधीखोजी सुरु गर्नुभएको हो ।
यसैबिच प्रधानमन्त्री दाहालले संधिवान संशोधनको प्रस्तावका बारेमा बिहीबार पनि आन्तरिक तयारी गर्ने हुनुभएको छ । मधेस केन्द्रित दलको माग संबोधन गर्न प्रस्तावमा समेट्ने विषय र भाषाका बारेमा आन्तरिक तयारी गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।